
मनिषा बचाउ अभियानमा ६७ लाख ७० हजार सङ्कलन, कोरोनाले मृगौला प्रत्यारोपण हुन सकेन
मृगौला रोगी मनिषा गुरुङ बचाउ अभियान समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि हालसम्मको आयव्यय सार्वजानिक गरेको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ७ थाक निवासी मनिषा गुरुङ विगत ७ वर्षदेखि मृगौला रोगबाट पिडित भएपनि एक वर्ष अघिबाट नियमिति रुपमा डायलोसिस गर्नुपर्ने भएपछि थाक गाउँका अगुवा तथा समाजसेवीहरुले जनकल्याण तमू समाज पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा गत २०७६ सालको कात्र्तिक महिनामा सहयोग समिति गठन गरेको थियो ।
समिति गठन भए यता हालसम्म सो समिति मार्फत मनिषाको लागि ६७ लाख ७० हजार ४ सय ९२ रुपैंया संकलन भएको छ ।

सङ्कलन गरिएको रकम मध्ये हालसम्म ३४ लाख ३१ हजार ९ सय रुपैंया मनिषाको उपचारमा खर्च भएको छ भने ३३ लाख ३८ हजार ५ सय ९२ रुपैंया वचत रहेको समेत पत्रकार सम्मेलनमा सहयोग समितिका प्रचार सचिव बालकृष्ण गुरुङले जानकारी दिनुभयो ।
मनिषाको गत फागुनमै मृगौला प्रत्यारोपण गर्ने भनिए पनि स्तनमा गिर्खा देखिएपछि प्रत्यारोणको प्रक्रिया रोकिएको थियो । त्यसपछि स्तनको अप्रेशन गरेर प्रत्यारोपणको लागि तयारी अवस्थामा बस्दा कोभिड–१९ को महामारीले गर्दा हालसम्म त्यो प्रक्रिया सुचारु हुन नसकेको र हाल हप्तामा दुई पटक नियमित रुपमा डायलोसिस गर्दै आउँदा उपचार खर्च बढी भएको मनिषाको घर परिवार र सहयोग समितिले जनाएको छ ।
अब कोरोनाको प्रभाव केहि कम भयो भने छिटै प्रत्यारोपणको प्रक्रिया अघि बढने समेत समितिले जनाएको छ ।
कार्यक्रममा सहयोग समितिका सचिव शेरबहादुर गुरुङले राज्यले दीर्घ रोग लागेका आफनो नागरिकलाई बेवास्ता गरेको बताउनुभयो । स्थानिय तहदेखि सबै सरकार दीर्घ रोगीको जीवन बचाउने काममा उदासिन रहेको उहाँको आरोप छ ।
यस्तै सहयोग समितिका कोषाध्यक्ष रोविन गुरुङले हालसम्म प्राप्त भएको सहयोग र खर्च विवरण सार्वजानिक गर्नुभएको थियो भने सङ्कलित सबै रकम समितिको तर्फबाट घर परिवारलाई हस्तान्तरण गरि सकेको समेत जानकारी दिनुभयो ।
सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले आफूहरुले सोंचे भन्दा धेरै पैसा सङ्कलन गर्न समिति सफल भए पनि उपचारको प्रक्रिया लम्बिएर खर्च बढदा आफू चिन्तित भएको बताउनुभयो । साथै उहाँले हालसम्म मनिषाको लागि सहयोग गर्ने देश विदेशका सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

मनिषाकी आमा सुनदेवी गुरुङले छोरीको उपचारमा सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिदै मनिषाको मृगौला प्रत्यारोपणको प्रक्रिया बढदा खर्चदेखि मानसिक तनाव समेत बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रचार सचिव बालकृष्ण गुरुङले गर्नुभएको थियो ।
यसैबीच सोहि कार्यक्रममा अमेरिकामा विभिन्न व्यक्तिहरुले सङ्कलन गरेर पठाएको १ लाख ९ हजार ९ सय २७ रुपैंया पनि आजै कोषाध्यक्ष रोविन गुरुङले मनिषाको आमा बाबालाई हस्तान्तरण गर्नुभएको छ ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38