महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम सम्पन्न
पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ। सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो।
गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई सबै संस्थागत अभ्यासमा अनिवार्य रुपमा लागू गर्नुपर्नेमा जोड दिइन्। महिला समावेशी सम्बन्धी नीति नियमहरू बने पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ। हरेक संस्थामा जेसी (जेंडर समानता) नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा विशेष ध्यान दिन उनले आग्रह गरिन् ।
गोनेसाका प्रशिक्षक सवनम शर्माले महिलामाथि हुने हिंसाका विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताइन् । अझै पनि समाजमा बोक्सी प्रथा विद्यमान रहेको बताउँदै त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखिन्। उनले नेपालको संविधानले हिंसा वा दुव्र्यवहार भएमा कानुनी उजुरी गर्ने अधिकार सुनिश्चित गरेको भन्दै पीडितलाई आफ्नो हक प्रयोग गर्न आग्रह गरिन्।
कार्यक्रममा गण्डकीका प्रेस रजिस्ट्रार विमला भण्डारी, क्रियाशील महिला पत्रकार महासंघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पंगेनी, इन्सेकका संयोजक गणेश भण्डारी, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा र कार्यक्रम संयोजक मुना दवाडी, वरिष्ठ पत्रकार श्याम कुवँर लगायले बोलेका थिए ।
सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षता र कोषाध्यक्ष उमा आलेमगरको सञ्चालनमा भएको कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोेनिज ) का गण्डकी ईन्चार्ज रुद्र श्रीसमगर, फेडोका प्रदेश अध्यक्ष सुमित्रा गायक, सदस्य गंगा सापकोटा, कार्यक्रम संयोजक ईश्वरी विक लगायतको उपस्थिति थियो।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38