
माछापुच्छ्रे टोल विकास संस्थाको अध्यक्षमा संगीता शर्मा निर्वाचित
पोखरा ।
पोखरा महानगरपालिका वडा नं ७ स्थित माछापुच्छ्रे टोल विकास संस्थाको नवौं साधारणसभा तथा सातौं अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष मित्रबन्दु शर्मा भट्टराईको अध्यक्षता र पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राममोहन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा टोलका ८० वर्ष उमेर पुगेका वयोवृद्धहरु, उत्कृष्ट कार्य गर्नुहुने सल्लाहकारहरु ईश्वर बन्दु गौतम, तोयबहादुर भट्टराई र कार्यसमिति सदस्य प्रकाश महतलाई सम्मान गरिएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष अमृत बराल, सल्लाहकार ओम गौचन, वडा सदस्यहरु अर्जुन थापा र सुनिता जिसी सुनार र पोखरा लर्नर एकेडेमीका प्राचार्य विधान गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
गत शनिबार भएको सातौं अधिवेशनबाट संगीता शर्मा खनालको अध्यक्ष्तामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

यसैगरी उपाध्यक्षमा रमेश प्रसाद रेग्मी, सचिवमा बुद्धिमाया गुरुङ, सह–सचिवमा लालकुमारी गुरुङ, कोषाध्यक्षमा विमला श्रेष्ठ र कार्यसमिति सदस्यहरुमा कल्पना गौचन, शान्ता आत्रेय, सावित्री गुरुङ, मदन पङ्गेनी, आरति पौडेल, सीता पौडेल, अम्बिका पौडेल र दिपक के.सी निर्वाचित भएको छ । कार्यक्रममा सबै टोलबासीहरुलाई वातावरणमैत्री झोला, भितेपात्रो र टोल विवरण पुस्तिका वितरण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कार्यसमिति सदस्य सम्राट गुरुङ र संचालन सचिव लोकनाथ काफ्ले गर्नुभएको थियो । कार्यक्रम टोलमा अवस्थित पोखरा लर्नस एकेडेमीको सभाहलमा सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us

भानु जयन्तीको अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न
२९ असार २०८२, आईतवार १४:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38