
माछापुच्छ्रे–८ मा पहिरो जाँदा ३ जनाको मृत्यु, खेलकुदमन्त्री जगत विकद्धारा घटना स्थलको अवलोकन
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखको पाखाबेसी टोलमा पहिरो जाँदा ३ बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार बिहान घरमाथीबाट गएको पहिरोले प्रेमराज विकको घरको कोठी पुरिदा तीन बालबालिकाको ज्यान गएको हो ।
पहिरोमा प्रेमराज विकका नातिनातिना १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको छ । घरका अन्य सदस्य घरमुली प्रेमराज विक सामान्य घाईते र उनकी श्रीमती भने सकुशल रहेका छन् ।
प्रेम विकको बुहारी छोरी सहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेका हुन् । पहिरो गएको ठाउँमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगत विक, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी, विभिन्न वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत कमानसिंह गुरुङ, नेकपा जिल्ला कमिटिका पदाधिकारीहरु लगाएत घटनास्थल पुगेर पहिरोको निरिक्षण गरेका छन् ।
बिहान् ५ः३० बजे घरको माथिबाट पहिरो आएको मृतकका हजुरबुबा प्रेमबहादुर बि.कले बताएका छन् । पहिरो पिडितहरुलाई सुरक्षित ठाउँमा सारिने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गु्रुङले बताए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26