ताजा खबर

माछापुच्छ्रे–८ मा पहिरो जाँदा ३ जनाको मृत्यु, खेलकुदमन्त्री जगत विकद्धारा घटना स्थलको अवलोकन

   २ श्रावण २०७७, शुक्रबार १७:४७      1,329 views


कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखको पाखाबेसी टोलमा पहिरो जाँदा ३ बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार बिहान घरमाथीबाट गएको पहिरोले प्रेमराज विकको घरको कोठी पुरिदा तीन बालबालिकाको ज्यान गएको हो ।

पहिरोमा प्रेमराज विकका नातिनातिना १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको छ । घरका अन्य सदस्य घरमुली प्रेमराज विक सामान्य घाईते र उनकी श्रीमती भने सकुशल रहेका छन् ।

प्रेम विकको बुहारी छोरी सहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेका हुन् । पहिरो गएको ठाउँमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगत विक, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी, विभिन्न वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत कमानसिंह गुरुङ, नेकपा जिल्ला कमिटिका पदाधिकारीहरु लगाएत घटनास्थल पुगेर पहिरोको निरिक्षण गरेका छन् ।


बिहान् ५ः३० बजे घरको माथिबाट पहिरो आएको मृतकका हजुरबुबा प्रेमबहादुर बि.कले बताएका छन् । पहिरो पिडितहरुलाई सुरक्षित ठाउँमा सारिने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गु्रुङले बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284