मादी गाउँपालिकाको केन्द्र याङजाकोटमै राख्न नेकपा मादी ३ वडा कमिटीको माग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाउँपालिाका वडा नं. ३ को वडा कमिटीले गाउँपालिकाको केन्द्र याङजाकोटबाट अन्यत्र सार्न लागेको कार्यप्रति विरोध जनाउदै आफनो कमिटीको ध्यान आर्कषण भएको जनाएको छ ।

कास्की क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद खगराज अधिकारीलाई आज पोखरामा ध्यान आर्कषण पत्र बुझाउदै नेकपा मादी ३ का अध्यक्ष जेमप्रसाद गुरुङले गाउँपालिकाको केन्द्र याङजाकोट देउरालीमा राख्न यसअघि नै गाउँपालिकाको ३२औं बैठकबाट निर्णय भई पारित भएको अवस्थामा स्थानियले खुशीयाली समेत मनाई सकेको र हाल आएर विभिन्न जालझेल गरि अहिले गाउँपालिकाले प्रतिपक्षी दल नेपाली काँग्रेस समेतको समर्थनमा गाउँपालिकाको केन्द्र अन्यत्र सार्नको निम्ती ह्विप जारी गरेकोप्रति आफूहरुको गम्भीर ध्यान आकर्षण भएको भन्दै मादी गाउँपालिकाको उक्त कदम तुरुन्त बन्द गरि यसअघिको निर्णय कार्यन्वयन गर्न माग गरेको छ ।

ध्यान आकर्षण पत्र बुझदै संघीय सांसद खगराज अधिकारीले आफू मादीबासीको हित र त्यहाँको विकासको पक्षमा हिजो पनि रहेको र भोलि पनि रहने भन्दै मादीको ३ र ४ नं. वडाको बासिन्दाको आपसी सहमती र समर्थनमा गाउँपालिकाको केन्द्र साविक थुमाको डाँडा गा.वि.स.भित्रको जुनसुकै स्थानमा राख्नलाई केन्द्र सरकारबाट निर्देशन भए बमोजिम आफूले सहयोग गर्न तयार रहेको भन्दै दुवै वडाको बासिन्दा मिलेर अघि बढेमा सबैको हित हुने बताउनुभयो ।

नेकपा मादी ३ कमिटीले यसअघि मादी गाउँपालिका र गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङलाई समेत सो ध्यान आर्कषण पत्र बुझाई सकेको छ । कार्यक्रममा मादी ३ का नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38