ताजा खबर

मादी गाउँपालिकाको केन्द्र साझा बेत्यानीमा सार्न लागेको भन्दै याङजाकोटबासी आक्रोसित

   २२ माघ २०७७, बिहीबार १३:३३      1,252 views

कास्कीको मादी गाउँपालिकाको केन्द्र हाल रहेको याङजाकोटबाट साझा बेत्यानीमा सार्न भौगोलिक रुपमा उपयुक्त रहेको आशाय पत्र गण्डकी प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेपछि मादी ३ याङजाकोटका स्थानियहरु विरोधमा उत्रिएका छन् ।

केन्द्र विवादकै क्रममा बुधबार याङजाकोटका स्थानियले गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल, अध्यक्ष वदेबहादुर गुरुङका स्वकीय सचिव सुवास सापकोटा र वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटालाई करिब ८ घण्टा नियन्त्रणमा लिएर छोडेका छन् ।
सो क्रममा प्रहरी र स्थानियबीच विवाद हुँदा स्थानियले गाउँपालिको गेट र सवारी साधानमा समेत क्षति पुरयाएका छन् ।


स्वःस्र्फुत रुपमा विरोधमा उत्रिएका स्थानियले गाउँपालिकाको केन्द्र याङजाकोटमै हुुनुपर्ने तथा गाउँपालिकाले प्रदेश सरकारलाई सिफारिस गर्दा याङजाकोटलाई अपायक पर्ने ठाउँ र जग्गा अपर्याप्त भएको भनि सिफारिस गरेको भन्दै विरोध जनाएको छ ।


भौगोलिक रुपमा व्यवस्थित र यातायात, खानेपानी, स्वास्थ्य शिक्षा लगायतको हिसाबले उपयुक्त ठाउँलाई अपायक र जग्गा अपार्यप्त भनेर आफूहरुको अपमान गरेको स्थानियको अरोप छ ।


मादी गाउँपालिकाको कार्यालय हाल मादी गाउँपालिका वडा नं. ३ याङजाकोट झयाली पोखरीमा रहँदै आएकोमा हालको ठाउँमा पर्याप्त मात्रमा जग्गा नपुगेको र गाउँपालिकाको केन्द्र साविकको थुमाको डाँडा गा.वि.स.भित्रै रहने गरि उपयुक्त जग्गाको खोजी कार्य भएको थियो ।


सोही कुराले गाउँपालिकामा स्थापनाकालदेखि नै पालिकाको केन्द्र कहाँ रहने भन्ने विषयमा पटकपटक विवाद हुँदै आएको छ ।


गाउँपालिकाले गतवर्ष २०७६ को पुस महिनामा सम्पन्न भएको छैठौं गाउँसभाले याङजाकोट झयाली पोखरी, याङजाकोट देउराली, मादी ४ माझडीही र साझा बेत्यानी गरि चारवटा वैकल्पिक स्थानलाई सर्वसम्मत रुपमा छनौट गरि प्रदेश सरकारलाई सिफासिर गरेको थियो ।


गण्डकी प्रदेश सरकारले यी चारवटा स्थान मध्येबाट साझा बेत्यानीलाई उपयुक्त स्थानको रुपमा छनौट गरि गत माघ ५ गते संघीय सरकारलाई अनुमोदनको लागि सिफारिस गरि पठाएपछि अहिले याङजाकोटबासी आक्रोसि बनेका छन् । यद्यपी संघीय सरकारले यस विषयलाई अनुमोदन भने गरि सकेको छैन ।


स्थानियले विरोध गरेको विषयमा गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) लाई सम्र्पक गर्दा उहाँले गाउँपालिकाको केन्द्र सार्ने विषयमा स्थानियले विरोध गर्नुलाई आफूले स्वभाविकरुपमा लिएको भन्दै विरोध गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको तर विरोध गर्दा सभ्य र शिष्टभाषाको प्रयोग हुनुपर्ने बताउनुभयो ।


अझै पनि केन्द्र कहाँ राख्ने भन्ने कुराको र्निक्यौल भइ नसकेको भन्दै उहाँले स्थानीयलाई आफनो माग सहित वार्तामा आउन आग्रह गर्नुभयो ।


आफूहरु स्थानियसँगै वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्न तयार रहेकोले स्थानियलाई विरोध गर्नुभन्दा समस्याको समाधान तर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284