ताजा खबर

मादी गाउँपालिकाको विकास अभियान, विकट क्षेत्र हुगुको चद्क्यु खोलामा पनि अब झोलुङ्गे पुल

   २८ कार्तिक २०७६, बिहीबार २१:०१      1,190 views

कास्की जिल्लाकै एकमात्र हिमतालको रुपमा परिचय बनाएको क्हपुचे हिमताल पछिल्लो समय अन्तरिक तथा बाह्य पर्यटकको रोजाईको गन्तव्य बन्न पुगेको छ ।

हिमतालसम्म पुग्नलाई सिक्लेसबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ तर केहि स्थानीयहरु भने एकैदिनमा तालसम्म पुगेर पुनः गाउँमै पनि फर्किने गरेका छन् ।

गाउँलेको लागि यो सम्भव भएपनि शहर बजारबाट घुम्न जानेहरुका लागि भने यो दुरी त्यति छोटो र सजिलो छैन । उकालो अरोलो र साँघुरो बाटो पारगर्दै ठाउँठाउँमा सानो ठूलो गरि थुप्रै ठाडे खोलाहरु यो यात्रामा तर्नुपर्छ ।

तिनै खोलाहरु मध्येको अन्तिम खोला हो चद्क्यु खोला जुन खोला हुगुलाई वारी र पारी बनाएर बीचभागबाट बगेको छ ।


कास्कीको मादी गाउँपालिका वडा नम्बर एकमा पर्ने हुगु त्यस क्षेत्रको अन्तिम खेतीयोग्य बस्ती हो । जहाँ केहि समय पहिलेसम्म सिक्लेसीहरुले आलु, साग, मकै, सिमी, स्याउ लगायतका थुप्रै खेतीपाती गरेर अन्न उब्जाउन गर्दाथे ।


तर अहिले समयको परिवर्तनसँगै मानिसहरु लेक छोडेर गाउँ बेसी र गाउँ बेसीबाट पनि शहर बजारमा झरेपछि हुगु जंगलको रुपमा परिणत भयो । त्यहाँका धेरै खेतीयोग्य जमिन चद्क्यु खोलाले बगायो ।

पुलको अभावमा स्थानियहरु वर्षातमा त्यहाँ जान नसक्ने भए । केहि समय पहिले हुगु भन्दा माथिल्लो भेगमा हिमताल भेटियो जुन ताललाई क्हपुचे हिमताल नामाकरण गरियो ।


गुरुङ भाषामा नामाकरण गरिएको यसको अर्थ क्ह भन्नाले जमेको हिउँ फु भन्नाले भत्केर आएको र चे भन्नाले समथर परेको ठाउँ अर्थात जमेको हिउँ वा बराफ भत्केर आएकोपछि बनेको ताल भन्ने बुझिन्छ ।

समुन्द्री सतहबाट २ हजार ४ सय ५० मिटरको उचाईमा रहेको यो ताल हेर्न जानलाई हुगुमात्रै एउटा पदमार्ग भएपछि स्थानिय तथा पर्यटकलाई तालसम्म जानलाई चद्क्यु खोलाले छेकेक्यो त्यसकारण पनि स्थानियले गाउँपालिकामा पुलको लागि आग्रह गरेपछि अहिले मादी गाउँपालिकाले करिब ६० लाखको लागतमा चद्क्यु खोलामा झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानियहरु खुसी भएका छन ।


पुलको निर्माण कार्य सम्पन्न भएपछि मादी गाउँपालिकाले गत कात्र्तिक २४ गतेदेखि २७ गतेसम्म त्यसक्षेत्रको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । त्यहि मेसोमा गण्डकी प्रदेशका सांसद एवम् सिक्लेसका भुमिपुत्र मनबहादुर गुरुङले पुलको उद्घाटन गर्नुभयो ।


यसरी उहाँले ४ दिनको भ्रमणमा ३ वटा झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । यस अर्थमा पनि गाउँपालिकामा विकास निर्माणको काम तिव्र गतिमा अघि बढेको अनुमान गर्न सकिन्छ । झोलुङ्गे पुलमात्र नभएर गाउँपालिकामा पक्की मोटरेबल पुल र मोटरबाटो कालोपत्रे गर्ने काम पनि तिव्र गति अघि बढेको उहाँको भनाई छ ।


सिक्लेसका स्थानिय टौबहादुर गुरुङको नेतृत्वमा गठन भएको चद्क्यु खोला झोलुङ्गे पुल निर्माण समितिले रातदिन नभनि हुगुमै महिनौ दिन बास बसेर पुलको निर्माण कार्य सम्पन्न गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284