
मादी गाउँपालिकाको ४०औं कार्यपालिका बैठक सम्पन्न, मादी पर्यटन महोत्सवबारे छलफल
मादाी गाउँपालिका कास्कीको ४०औं कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले यसअघि क्हफुचे बैठकले पारित गरेको मादी पर्यटन महोत्सवलाई भव्य बनाउनका निम्ति तयारी लगायतको विषयमा छलफल गरि निर्णय समेत गरेको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा गाउँपालिकाले आगामी वैशाख १ देखी १० गतेसम्म क्रबु डाँडामा मादी पर्यटन महोत्सव आयोजना गर्दैछ ।
बैठकले गाउँपालिका अध्यक्षको अध्यक्षतामा १ सय ५० जनाको मादी पर्यटन महोत्सव मुल आयोजक समिती गठन गर्ने निर्णय गरेको छ ।
जसमा मादीका सम्पुर्ण जनप्रतिनिधि, संघसंस्थाका अध्यक्षहरु, विद्यालयका प्र.अ, मादीभित्रका १० वटा मा.विका विद्यार्थी प्रतिनिधि, टोल संयोजकहरु, पर्यटन व्यवसायीहरु, बुद्धिजिवी, समाजसेवी, राजनीतिकर्मी लगायतलाई समेटेको छ ।

जसको लागी मुल आयोजक समितीको बैठक अगामी पौष १६ गते ल्होसार र पर्यटन वर्ष २०२० लाई लक्षित गरि पर्यटकिय गाउँ ताङतिङमा बस्ने भएको छ । पोखराबाट २१ कि.मी को दुरीमा रहेको ताङतिङमा केही वर्षबाट यातयात सञ्चालन हुँदै आएको छ ।
अन्तरिक तथा बाह्य पर्यटक एवम् क्होला साेंथर सम्पदालाई ध्यान दिँदै गाउँपालिकाले ताङतिङ क्रबु क्होला सोंथर सडकलाई गौवको योजनामा समावेश गरि निर्माण कार्य अगाडी बढाईरहेको छ ।
गत वर्षमा प्रतिनिधिसभा सांसद खगराज अधीकारीले आफनो निर्वाचन क्षेत्र भौतिक पुर्बधार अन्तर्गतको गाउँपालिकालाई विनियोजित रकम मध्यबाट गाउँ कार्यपालिकाको निर्णय बमोजिम ७० लाखले ताङतिङबाट क्रबुसम्म १० कि मी सडक निर्माण गरीसकेको छ ।

यस वर्ष गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङको पहलमा यस सडकलाई थप ५० लाख बजेट गण्डकी प्रदेश सरकारबाट बिनियोजित भएको वडा नं २ का अध्यक्ष एक्कजंङ गुरुङले जानकारी दिनुभयो ।
समुन्द्री सतहबाट करिब ३ हजार २ सय मिटरको उचाईमा रहेको क्रबु डाँडासम्म सहज रुपमा यातयातमा जाने र त्यहाँबाट चौरो, चिङ्ग्रे, तप्रो हुँदै क्होला सोंथरसम्म पदमार्ग व्यबस्थित बनाएको साथै साँकृतिक, खेलकुद लगायत विभिन्न आकर्षक र मौलिक कार्यक्रम सञ्चालन गर्ने गाउँगाउपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो । महोत्सवमा हिउँ र थरीथरीका लागीगुराँस मुख्य आकर्षण बन्नेछ ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00