
मादी गाउँपालिकामा जारी तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन आज
कास्कीको मादी गाउँपालिकामा जारी अन्तर विद्यालयस्तरीय खेलकूद महोत्सव राष्ट्रपति रनिङ शिल्ड आज समापन हुने भएको छ ।

बुधबारदेखी सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष गुरुङले पर्यटन, कृषि र पूर्वाधार विकाससँगै मादीलाई खेलकूदको हव बनाइने बताउनुभयो ।
गाउँपालिकास्तरीय खेल ग्राम निर्माणसँगै पालिकास्तरीय खेलकूद गतिविधि बढ्ने भएकाले गाउँपालिकालाई खेलकूद पूर्वाधारको केन्द्र बनाउँदै देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत बिहीबार विभिन्न खेलहरु सम्पन्न भए प्रतियोगिताको दोस्रो दिन विहान ९ बजे शुरु भई बेलुका ५ बजेसम्म संचालन भएको थियो । उक्त प्रतियोगितामा छात्र भलिवल तर्फ पहिलो खेल ध्रुव मा.वि. तारकाङ र राष्ट्रज्योती मा.वि. सैमाराङ बीच भएको थियो ।
उक्त खेलमा ध्रुव मा.वि. विजेता भएको छ । यसै गरी दोस्रो खेलमा अन्नपूर्ण मा.वि. सिक्लेस र जनकल्याण मा.वि. मकैखोला बीचको खेलमा जनकल्याण मा.वि. विजेता भई सेमिफाईनलमा प्रवेश गर्न सफल भयो ।
छात्रा तर्फको भलिबल खेलमा पहिलो सेट अन्नपूर्ण मा.वि. सिक्लेस र राष्ट्रज्योती मा.वि. सैमराङ बीच भएको थियो । सो खेलमा राष्ट्रज्योती मा.वि. सैमराङले जितेको छ ।
यसै गरी दोस्रो खेल हिमालय मिलन मा.वि. ताङतिङ र महारुद्र मा.वि. तप्राङ बीच भएकामा महारुद्र मा.विले खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
शुक्रबारको सेमिफाइनल खेलमा राष्ट्र ज्योती मावि सैमराङ र जनकल्याण मावि मकैखोला तथा महारुद्र मा वि तप्राङ र दुधपोखरी मावि सोंधा बीच हुनेछ । यसैगरी छात्रतर्फ सीताराम मावि याङ्जाकोट र दुधपोखरी मावि सोंधा तथा जनकल्याण मावि मकैखोला र ध्रुव मावि तारकाङबीच हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी मादी गाउँपालिकाको स्थानीय खेलको रुपमा समेत रहेको खुल्ला ठेलो खेल प्रतियोगितामा छात्रा तर्फ राष्ट्र ज्योति माजिका सृजना तामाङ प्रथम हुन सफल हुनुभयो ।दोस्रो स्थानमा इशा गुरुङ जनकल्याण मा.वि. मकैखोला र तृतीय स्थान सिताराम माविकाका सुस्मिता परियारले जित्न सफल हुनुभयो ।
छात्र तर्फको ठेलो हान्ने प्रतियोगितामा धुव्र माविका मिलन विक प्रथम, जनकल्याण माविका साजन राना द्धितीय तथा हिमालय माविका मनोज मगरले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ भने बुधवार देखि शुरू भएको प्रतियोगिता आज शुक्रबार सम्पन हुने गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत नारायण साप्कोटाले जानकारी दिनु भयो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09