
मादी गाउँपालिकालाई भ्रष्टचार रहित गाउँपालिका बनाउँछु ः महेन्द्र गुरुङ
नेकपा एमालेको तर्फबाट मादी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार शिवबहादुर गुरुङ (महेन्द्र) ले मादी गाउँपालिकालाई भ्रष्टचार रहित गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘म भ्रष्टचार गर्दिन र अरुलाई पनि गर्न दिने छैन, मेरो कार्यकालमा मादी गाउँपालिकालाई भ्रष्टचार रहित गाउँपालिका बनाउनेछु’ उहाँले आफनो प्रतिबद्धता मन्तव्यमा भन्नु भयो ।
यसका साथै उहाँले मादीलाई कृषि र पर्यटनको हब बनाउने नयाँ नयाँ ट्रेकिङ रुटहरु खोल्ने, मादी, इदी, विजयपुर लगायतको नदीहरुको प्रयोग गरि स्थानियहरुलाई असर नपर्ने गरि जलविद्युत, माछा पालन लगायतको उत्पादन मुलक काम गर्ने बताउनु भयो ।
आज पोखरा बस्ने मादी गाउँपालिकाका मतदाताबीच एमालेबाट उम्मेद्वार बनेकाहरुको परिचयात्मक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

साथै उहाँले पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको पालिका सरकारले प्रशंसालायक काम गरेकाले गाउँबासीले फेरि एमाले रोज्ने दाबी गर्नुभयो । आफनो कार्यकालमा पर्यटन, कृषि क्षेत्र विकास, युवालाई उद्यमी बनाउने कार्यक्रम ल्याएर मादीको विकासमा सक्रिय हुने उहाँको भनाई रहेको छ ।
नेकपा एमालेको संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमलाई मादी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा एमालेको तर्फबाट मादीको १२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य उम्मेद्वारको परिचयाच्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । मादी गाउँपालिकामा एमालेबाट प्रमुखमा महेन्द्र र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेद्वार हुनुहुन्छ ।
नेकपा (एमाले)बाट मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल उम्मेद्वार हुनुहुन्छ । मादी गाउँपालिकामा शुक्रबारदेखि घरदैलो कार्यक्रम गर्ने एमालेको तयारी छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26