ताजा खबर

मादी गाउँपालिका र पोखरा जोड्ने विजयपुर खोलामा पुल बन्यो, आज भव्य उद्घाटन

   २६ माघ २०७७, सोमबार २०:०३      1,495 views

पोखरा महानगरपालिका वडा नं. १३ र मादी गाउँपालिकाको उत्तरी बेल्टलाई जोड्ने विजयपुर खोलामा निर्माण भएको पक्की पुलको आज उद्घाटन गरिएको छ ।

काहुँखोला दुध पोखरी सडक अन्तरगत पर्ने विजयपुर खोलाको सो पुल आज संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो ।


पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस पुग्ने सडक खण्ड अन्तर्गत पर्ने पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने सिंडीकोमुख गारकाटेस्थित विजयपुर खोलामा मोटरेबल पुल बनेको हो ।


२ वर्षअघि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेको पुलको सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो ।
२५÷२५ मिटरको २ वटा स्पान राखेर बनाइएको सो पुलको लम्बाई ५४.१७ मिटर रहेको छ । ११ मिटरको चौडाई रहेको पुलको दायाँ÷बायाँ दुबैतर्फ १.५ मिटरको फुटपाथ रहेको छ ।

८ करोड १५ लाख १९ हजार २ सय ९७ रुपैयाँ लागत अनुमान गरिएपनि ५ करोड ७५ लाख २९ हजार १ सय २४ रुपैयाँमा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

रायमाझी÷द क्याराभान जेड.भी.काठमाडौंले २०७५ साल असार २१ गते सम्झौता गरेर २०७७ साल असोज १८ गते निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।

पुल निर्माण भएसँगै मादीबासी हर्षित भएका छन् । पुल निर्माण भएपछि मादी गाउँपालिकाको पर्यटकीय गाउँहरु सिक्लेस, ताङतिङ, याङ्जाकोट, खिलाङ, तप्राङ, थाक लगायतको स्थानियहरु लाभान्वित भएका छन् ।
विजयपुर खोलामा पुल नबन्दा त्यस क्षेत्रका बासिन्दालाई बर्खा याममा आवतजावतमा समस्या हुने गरेको थियो । विजयपुर खोलामा बाढी आएको समयमा कयौं दिनसम्म पोखरा–सिक्लेस सडक खण्डमा गाडी पनि नचल्ने र स्थानियपनि आवतजावत गर्न समेत कठिन हुँदै आएको थियो ।


पुल उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास निर्माणको काम तिव्र गतिमा गरिरहेको बताउनुभयो । उहाँले ओलीकै नेतृत्वमा देश सुरुङ मार्गमा प्रवेश गरेको भन्दै अबको केहि समयपछि रेलको युगपनि शुरु हुने बताउनुभयो ।


पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम शुरु भइसकेको र त्यसको परिणाम केहि महिनाभित्र देखिने उहाँको दाबी छ । मन्त्री नेम्वाङले विकासको काम भइरहँदापनि आफ्नै पार्टीका केहि नेताहरुले नदेखेको भन्दै उहाँले, आँखा फुटेझैं विकास नदेख्नेहरुले संसदमा, सभा सम्मेलन र विदेशमा पनि केपी ओलीले गरेन भनेर बोल्ने गरेका छन् ।’ भन्नुभयो विकास, समृद्धि र राष्ट्रियताको पक्षमा अडान राख्दा प्रधानमन्त्री ओलीविरुद्ध षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको उहाँको जिकीर रहेको छ ।


मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले विजयपुर खोलामा पुल बनाउने मादीबासीको सयौं वर्षदेखिको सपना अहिले आएर पूरा भएको भन्दै पुल निर्माणले आफूहरुमा थप खुसी छाएको बताउनुभयो ।

साथै उहाँले अब पोखरा–सिक्लेस सडक खण्ड लगायत काउरे–ताङतिङ, तारकाङ–याङजाकोट सडकहरुमा पिच गर्नुपर्ने भन्दै यसका लागि बजेट दिन मन्त्रीलाई आग्रह गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284