
मादी गाउँपालिका ६ तप्राङ गाउँका ४० घर परिवारलाई राहत वितरण
कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ जन्मघर भई हाल विदेशको विभिन्न ठाउँमा कार्यरत तप्राङबासीहरुले आफना गाउँका ४० घर परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड–१९ का कारण जनमानसमा पर्न गएको असहज परिस्थितीमा आफना गाउँका जनताहरुलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले सो राहत वितरण गरिएको हो ।

वितरण गरिएको राहतमा प्रति परिवार १ बोरा चामल, २ किलो दाल र २ लिटर तेल रहेको छ । उक्त सामग्री वितरण गर्नका लागि तप्राङ गाउँका प्रवासीहरु सुरेन गुरुङ (अमेरिका), तप्राङ हङकङ समाज, रामचन्द्र गुरुङ (अमेरिका), अनिल गुरुङ (बहाराइन), देविका गुरुङ (द.कोरिया), कुमार गुरुङ (पोर्चुगल), देवेन्द्र गुरुङ, (पोर्चुगल), सन्तोष गुरुङ, (दुवई), मनोज गुरुङ (दुवई) ले सहयोग गर्नुभएको थियो ।

वितरण गरिएको सामग्रीहरु ९७ हजार ५ सय बराबरको रहेको तप्रे तमू युवा परिवारका सदस्य रोशन गुरुङले जानकारी दिनुभयो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00