ताजा खबर

मादी –२ रोही गाउँमा नारायणी आधारभूत विद्यालयको ४७औं वार्षिक उत्सव सम्पन्न

   १२ पुष २०७६, शनिबार २१:१७      1,729 views

कास्कीको मादी गाउँपालिका वडा नं. २ रोही गाउँमा रहेको नारायणी आधारभूत विद्यालयको ४७औं वार्षिक उत्सव कार्यक्रम आज समारोहकाबीच सम्पन्न भएको छ ।

वार्षिक उत्सवसँगै विद्यालयमा नवनिर्मित २ कोठे पक्की भवनको पनि आजै कार्यक्रमका प्रमुख अतिथि एवम् मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ (श्याम)ले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अब गाउँपालिकाको अगुवाइमा गाउँघरकै विद्यालयहरुमा बोर्डिङको भन्दा गुणस्तरिय पढाई सञ्चालन गरेर गरिब जनताको छोराछोरीले पनि निःशुल्क गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताउनुभयो ।


विद्यालयको पढाई राम्रो बनाउन शुरुमा अभिभावकले उक्त विद्यालयप्रति विश्वास गर्नुपर्ने तथा आफनो बालबालिकाहरु नियमित विद्यालय जान्छन कि जाँदैनन् ख्याल गर्नुपर्ने तथा घरमा पठनपाठनको राम्रो वातावरण सृजना गरिदिनुपर्नेमा जोड दिनुभयो ।


अर्को एक प्रसंगमा उहाँले रोही गाउँमा अहिलेको बस्ती एकदमै छरिएर रहेकोले विकास निर्माणको काम गर्न र स्थानियलाई सेवा सुविधा दिन एकदमै कठिन भएको भन्दै अब रोही गाउँमा एकीकृत बस्ती निर्माण गरेर त्यहाँको जनतालाई गुणस्तरीय सेवा सुविधा दिने बारे गाउँपालिकाले योजना बनाई रहेको समेत बताउनुभयो ।

रोही गाउँ कृषि उब्जनीको लागि एकदमै ऐतिहासिक ठाउँभएको भन्दै उहाँले कृषकलाई सामुहिक रुपमा हाते टयाक्टर किनेमा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने समेत बताउनुभयो ।
कार्यक्रममा मादी २ का वडा अध्यक्ष एकाजंग गुरुङले अहिलेको प्रतिभावान विद्यार्थी नै भोलीको त्यही ठाउँको कर्णधार बन्ने भन्दै शिक्षक र अभिभावकले विद्यायर्थी पठन पाठनमा राम्रोसँग ध्यानदिन जरुरी रहेको बताउनुभयो ।


यस्तै हिमालयन मा.वि. ताङतिङका प्र.अ.ओमप्रकाश गुरुङले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै केन्द्रित भएर पढाउनु भन्दा फिल्ड भिजिट गराउने र प्राक्टिकलमा बढी जोड दिनुपर्ने बताउनुभयो ।
आफू विद्यालयको पढाई कसरी गुणस्तरी बनाउन सकिन्छ भन्ने चिन्ताले बेलाबखत देश विदेशको भ्रमणमा निस्कने र त्यहाँको शिक्षा पद्धतीको बारेमा अध्ययन गरिरहने भन्दै शिक्षकहरुमा पनि नयाँ सोच र योजनाहरु हुन जरुरी रहेको बताउनुभयो ।

केहि समय अघि आपूm कोरिया जाँदा त्यहाँ ४ कक्षामा पढने विद्यार्थीहरुले रोबट बनाउदै गरेको देखेपछि नेपालको शिक्षा नीति २ सय वर्ष पुरानो र पछाडि रहेको आफूलाई महसुस भएको भन्दै अब नेपालमा पनि त्यस्तो खालको गुणस्तरीय शिक्षा नितान्त आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा दुध पोखरी मा.वि. सोधाका प्र.अ.किर्तीबहादुर अधिकारी, सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जसबहादुर गुरुङ, मादी २ का वडा सदस्य कल्पना गुरुङ, विद्यालयका भू.पू. शिक्षक मधुप्रसाद देवकोटा, विद्यालयका निर्वतमान प्र.अ.दशरथ सापकोटा लगायतले बोल्नु भएको थियो ।

विद्यालयका प्र.अ. कल्पना सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयको वार्षिक गतिविधिमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट अभिभावक दिलकुमारी थापालाई सम्मान गरिएको थियो । कार्यक्रमा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मादी २ का वडा सदस्य दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक खिमकली थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक कर्णबहादुर गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284