ताजा खबर

मादी ५ काउरे र बयारघारी गाउँमा मौखिक रुपमा प्रचलित थिएटर नाच अब भिडियोमा

   २६ भाद्र २०७६, बिहीबार १८:३६      1,738 views

कास्कीको मादी गाउँपालिका वडा नं. ५ मा पर्ने काउरे र बयारघारी गाउँमा करिब ५०÷६० वर्ष पहिले प्रचलनमा रहेको थिएटर नाचलाई आधुनिकिकरण गरी बजारमा ल्याएको छ ।

गुरुङ गाउँहरुमा धेरै पहिलेदेखि प्रचलनमा रहेको मौखिक भाकाहरुलाई संकलन गरी पुरानै लयमा रेकर्डक गरेपछि छायाँङन गरिएको हो ।


काउरे बयारघारी परिवारले आज पोखराको मिलिजुली तमू समाजमा एक कार्यक्रमको आयोजना गरी पुरानो भाकाको तीन वटा गीत एकसाथ विमोचन गरेको छ ।


हाँसेर काटन यो जोवन फर्केर आउँदैन हो…., पर्खा भेना मै साडी लाउँछु हा हा मै पनि जाने हो…, फेरि मलाई लाग्यो रहर जाउँ भने नौलो शहर बसौ भने मनमा विराह बोलको तीन वटा गीत काउरे र बयारघारीका स्थानीयले एकसाथ रेकर्ड र छायाँङकन गरी बजारमा ल्याएको हो ।

गीतमा मनोज गुरुङ, केशबहादुर गुरुङ, उषा गुरुङ, चित्रकुमारी गुरुङ, दिपा गुरुङ र रञ्जु गुरुङको स्वर रहेको छ भने सबै गीतमा उक्त गाउँका स्थानिय कलाकारहरुले अभियन गरेका छन । आयोजकले आज सबै कलाकार तथा गायक गायिकालाई पनि सम्मान गरेको छ ।


यसैबीच गीतको विमोचन गर्दै मादी गाउँपालिका कास्कीका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले गुरुङहरु परापुर्वकालदेखि नै लाहुरे हुने र विदेश जाने हुनाले उनीहरुले नै थिएटर शब्द प्रयोगमा ल्याएको बताउनुभयो । थिएटर शब्द अङग्रेजी भाषाबाट आएको हुँदा विदेशीहरुले रंगमञ्चमा गर्ने मनोरञ्जन र नाटकहरुलाई गुरुङको लाहुरे पुर्खाहरुले गाउँ गाउँमा भित्रयाएपछि यो शब्द र नाच सबै गुरुङ गाउँहरुमा प्रख्यात भएको उहाँको भनाई छ । काउरे र बयारघारीबासीले गरेको प्रयास संस्कृति जोगाउने काममा महत्वपूर्ण योगदानको रुपमा रहेको भन्दै अझै यसको भिडियो निर्माण गर्दा कतिपय मौलिक कुराहरुलाई नमेटने गरी निर्माण गर्न आयोजकलाई आग्रह गर्नुभयो ।

यस्तै शिक्षाविद कर्णबहादुर गुरुङले गुरुङ गाउँहरुमा धेरै अगाडीदेखि नै थिएटर नाचको परम्परा असाध्यै लोकप्रिय रहेको भन्दै थिएटरमा नाच्न र गाउन पाउँदा गाउँलेहरुले सबै काम र दुःख बिर्सने हुनाले मनोरञ्जन गर्ने थलोको रुपमा थिएटरको विकास भएको बताउनुभयो । आपूm २०२५ सालमा एस.एल.सी. परिक्षा दिँदै गर्दा परिक्षाको समेत वास्ता नगरी थिएटर नाच्न गएको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रममा गायक मनोज गुरुङ, मिलिजुली तमू समाजका अध्यक्ष ई.मनकाजी गुरुङ लगायतले बोल्नु भएको थियो ।

गीतको छायाँङकन र सम्पादनको सबै काम मुनाल फिल्म प्रा.लि.ले गरेका छ भने गीत आजैबाट स्ट्रिम नेपालको युटुयुव च्यानलबाट पनि सार्वजानिक भएको छ ।


काउरे बयारघारी परिवारका अध्यक्ष सुवेदार कुलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284