
मादी गाउँपालिका ५ चितेपानीमा जीप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते
कास्कीको मादी गाउँपालिका वडा नं. ५ चितेपानीमा आइतबार साँझ जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।

पोखराको काहुँखोलाबाट मादी गाउँपालिका ५ को भैंसे जानेक्रममा ध १ ज २४६ नम्बरको जिप चितेपानीको उकालोमा विपरीत दिशाबाट आईरहेको गाडीलाई साईड दिनेक्रममा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटना परी घाइते हुनेमा जीप चालक राजु नेपाली सहित त्रिलोचन सापकोटा, रुद्रनाथ सापकोटा, रुद्रमोहन कँुईकेल, दिनेश नेपाली, कृष्ण सापकोटा रहेका छन् ।

घाइतेहरु मध्ये ५ जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको घाइतेहरुको उपचारमा संलग्न मादीका स्थायिन बासिन्द शिव सापकोटाले जानकारी दिनुभएको छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08