मादी ७ छाचोकमा शुभकामना क्लबको तीज मेला सम्पन्न
हरितालिका तिजको अवसरमा मादी ७ छाचोक मजुवामा गत भदौ १५ गतेबाट स्थानिय शुभकामना क्लबले आयोजना गरेको तिज मेला २०७६ सम्पन्न भएको छ ।
मेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले खेलाडीहरुलाई बल हस्तान्तरण गरि गर्नुभएको थियो ।
सो अवसरमा उहाँले मादी गाउँपालिकाले भौतिक पुर्वाधार सडक, पुल, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटनसँगै युवा तथा खेलकुद विभाग गठन गरी युवाहरुको प्रतिभालाई अगाडी बढाउने लक्ष्य राखेको बताउनुभयो ।
मादी आईडल, मादी कप लगायतको कार्यक्रम यसै योजना अनुसार अगाडी बढेको समेत उहाँले बताउनुभयो । साथै उहाँले अब युवाहरु विदेशिन नपर्ने गरी स्वरोजगार र युवा लक्षित अनुदानको व्यवस्था अझ व्यवस्थित रुपमा गाउँपालिकाले योजना बनाउने बताउनुभयो ।
कार्यक्रममा मादी ७ वडा अध्यक्ष लालबहादुर गुरुङ, मादी ६ का अध्यक्ष पसबहादुर बास्तोला, मादी ४ का वडा अध्यक्ष सत्यराज सापकोटा, हिमाली आमा समुहकी अध्यक्ष माया सापकोटा लगायतले मन्तव्य दिनु भएको थियो ।
मेलामा तीज गीत प्रतियोगितामा १० समुहको सहभागिता रहेकोमा ठकुरी गाउँको समुहले प्रथम हुँदै रु १० हजार र प्रमाण पत्र प्राप्त गरका भने सापकोटा समुह छाचोक द्धितिय हुँदै ७ हजार र प्रमाण पत्र र मजुवा समुह तेस्रो हुँदै रु ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै स्वस्तिका शाहीको समूह सान्त्वाना हुँदै २ हजार र प्रमाण पत्र हासिल गर्न सफल भएका छन् । उक्त कार्यक्रमको निर्णायकमा लोक दोहोरी गायक अमर धिताल र शिवकला मगर र विष्णु शाही रहनु भएको थियो ।
त्यसैगरी मेलामा भलिबल प्रतोयोगितमा १८ टिमको सहभागिता रहेकोमा शिल्दु जनसेबा क्लब ए र बि ले प्रथम र दितिय स्थान हासिल गर्दै क्रमश नगद १५ हजार शिल्ड , मेडल र नगद १० हजार मेडल प्राप्त गरेका छन।
त्यसैगरी कुर्सी घुमाई खेलमा पुष्पा राना मगरले विजयी भएका छन उहाँले नगद एक हजार र मेडल प्राप्त गर्नुभएको छ । रस्सा कसीमा मादी ७ नयाँगाउँ सबिको टिम विजयी हुँदै मेडल सहित भाले प्राप्त गरेका छन । घैटो फोर्ने खेलमा सन्तोष देवकोट विजयी हुँदै नगद १ हजार र मेडल पाउन सफल भएका छन ।त्यसै गरि छेलो फाल्ने खेलमा मादी ७ का वीरबहादुर रानामगरले विजयी हुँदै भाले फेटा र मेडल प्राप्त गरेको क्लबका सचिव गंगा सापकोटाले जानकारी दिनुभएको छ ।
विजयी खेलाडी तथा प्रतियोगीहरुलाई समापन समारोहका प्रमुख अतिथि मादी ७ को वडा अध्यक्ष लालबहादुर गुरुङ, एपिएफका डि एस पि सन्तोष भट्ट, नेपाल प्रहरीका असई नारायण भण्डारी, क्लवका सल्लाकारहरु सन्तोष शाही, हरिश्चन्द्र सापकोटा, बलबहादुर शाही लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
समापन समारोहमा वडा अध्यक्ष गुरुङले अब बिगतमा जस्तो पीडा र अन्याय विभेद र विकृतिको अवस्था नरहने भन्दै सामाजिक एकता, सम्मृद्धि, विकासको गीत गाउन पाउने दिन आउने बताउनुभयो ।
अबको केही वर्षमा सडक पुल, शिक्षा, स्वास्थ्य, उत्पादन लगायत जनताको उन्नति र प्रगतिमा चमात्कारिक परिवर्तन आउने बताउदै युवाहरुको क्षमताको पहिचान गरी अवसर सिर्जना गर्दै बेरोजगारीको समस्या समाधान हुने बताउनुभयो ।
शुभकामना क्लबका सल्लाहाकार सन्तोष शाहीले बन्दीपुर क्षेत्रको जस्तै गरी यहाँको पहिचानहरुको पनि संरक्षण हुनुपर्ने बताउनुभयो । शुभकामना क्लवका सदस्य सुरेश सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा गणेश सापकोटाको स्वागत मन्तव्य दिनुभएको थियो भन क्लबका अध्यक्ष दिपक शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09