ताजा खबर

मादी ७ मा सोनाम ल्होसारको अबसरमा भलिबल प्रतियोगिता सम्पन्न

   २१ माघ २०७५, सोमबार १२:५९      4,108 views

तस्विर सौजन्य लाल बहादुर गुरुङ वडा अध्यक्ष मादी ७

मादी गाउँपालिका वडा नं. ७ मा शितल चौतारी युवा क्लबले सोनाम ल्होसार २५५८ फ ल्हो को अबसरमा टोल स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।

नब निर्मित भलिबल खेल मैदान र खेलकुद प्रतियोगिताको एक समारोह बिच कार्यक्रमका प्रमुख अतिथी मादी गाउँपालिका वडा ७ का वडा अध्यक्ष लालबहादुर गुरुङले रिबन काटेर उद्घघाटन गर्नुभयो । सो अबसरमा बोल्दै वडा अध्यक्ष गुरुङले स्वास्थ्यको लागि मात्र नभई एकता र देशको गौरबको लागी खेलकुदको अहम भुमिका रहने बताउनुभयो ।

सम्पुर्ण टोल वडा हुँदै गाउँपालिका, जिल्ला र राष्टिय प्रतिभाहरुको जन्म यस्तै कार्यक्रमहरुबाट हुने उहाँको भनाई छ । साथै उहाँले मादी गाउँपालिकाले अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम अगाडी ल्याएको भन्दै सबै युवाहरु स्वरोजगार बन्न अग्रसर हुन पनि अनुरोध गर्नुभयो ।


कार्यक्रममा समाजसेबी डम्मरसिंह तामाङले पछिल्लो पुस्ताले आफ्नो भाषा संस्कृति भुल्न खोजेकोमा दुःख ब्यक्त गर्नु भयो ।

यस्तै प्रगतीशिल आमा समुहकी अध्यक्ष ओमकुमारी ताामाङले वडा कार्यलयाबाट तमाङ संस्कृति संरक्षणमा साथ पाएकोमा खुशी व्यक्त गर्दै अब वडासँग साझेदारीमा स्तुपा निर्माण गर्न सहयोग माग गर्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी डिलबहादुर तामाङ, वडा सचिव सनम क्षेत्री लगायतले मन्तब्य राख्नु भएको थियो ।


यसैबीच सम्पन्न भलिबल प्रतियोगितामा मादीका ७ का ७ वटा टोलको ९ वटा टिमको सहभागिता रहेको थियो । जसमा प्रथम हुँदै जनसेवा युवा क्लव थाक“ए“ ले हुँदै मेडल, प्रमाण पत्र र खशी प्राप्त गरेको छ भने जनसेवा युवा क्लब “बि“ दोस्रो हुँदै मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गरेका छन ।


समीफाईनलमा थाकले संर्घषशिल युवा क्लब पानीघाटलाई र जनसेबा बि ले वडा कार्यलयको टिमलाई पराजित गरेको थियो । कार्यक्रममा खेल मैदान निर्माणमा र क्लबलाई सहयोग गर्नुहुने महानुभाबहरुलाई सम्मान गरिएको थियो ।


क्लबका अध्यक्ष सन्तोष ताममाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष प्रदिप तामाङले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव डिल्लजंङ तामाङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284