मिडियामा आदिवासी जनजातिको समावेशिता, आजको आवश्यकता
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले पत्रकारले चाहेको खण्डमा देशै बन्ने बताएका छन् । बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै लामिछानेले मिडियामा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताए । आदिवासी जनजातिलाई पत्रकारिताको क्षेत्रमा कसरी टिकाउने भन्ने कुरा सोच्नुपर्ने अवस्था आएको उनको भनाई छ । सञ्चार क्षेत्रमा सबै समुदायको समावेशी पूर्ण रुपमा सहभागीता हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा फोनिज गण्डकीका सल्लाहकार हुम गुरुङले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै राज्यलाई पूर्ण समावेशी नीति निर्माण गर्न र कार्यान्वयनका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । मिडियामा समावेशिता नीतिगत रुपमा सकारात्मक तर्फ अग्रसर भएपनि आदिवासी जनजातिले चाहे अनुसार पूर्ण रुपमा समावेशीताको नीतिको भने अभाव रहेको उनको गुनासो छ । ‘नेपालमा व्यवस्था परिर्वतन भयो, आदिवासी जनजातिको विषय उठान हुँदै आयो, तर सोचमा परिर्वतन हुन सकेन ।’ सल्लाहकार गुरुङले भने, ‘सञ्चारमाध्यमले मौलिकताको प्रचार गर्दै विभेदको अन्त्य र समानतामूलक समाज निर्माणका लागि भूमिका खेल्नुपर्छ ।’
कार्यक्रममा बोल्दै पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले नेपालमा भएको जातीय सद्भावलाई नियालेर सबै नागरिकले गौरव गर्नुपर्ने बताएका छन् । कुनै पनि समुदायका नागरिकलाई राज्यले विभेद गरेको जस्तो अनुभव नभएको उनको भनाई छ । ‘राज्यले आदिवासी जनजाति लगायतकालाई विभेद गरेको जस्तो मलाई लाग्दैन ।’ उनले कार्यक्रममा भने, ‘पिछडिएको र आफूलाई विभेद भएको जस्तो लाग्छ भने सम्बन्धित स्थानमा आवाज उठाउनुपर्छ ।’ राज्यले सबै जातजाति तथा समुदायका लागि एउटै किसिमको अधिकार दिएको उनको दावी छ । सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता र समावेशिता आजको आवश्यकता रहेको उनको भनाई थियो । आदिवासी जनजाति समुदायकालाई मिडिया क्षेत्रमा क्रियाशील बनाउने विषयमा बहस गर्नु जरुरी रहेको र उनीहरुलाई यो पेसामा कसरी आर्थिक र सुरक्षाका हिसाबले बलियो बनाउने भन्ने शीर्षक महत्वपूर्ण रहेको उनको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति भन्नासाथ उनीहरुको पोशाक, खानपान र गरिबीलाई मात्र अहिलेसम्म बाहिर ल्याउने कार्य भइरहेको बताइन् । उनीहरुको समुदायमा भएका रहनसहन र सकारात्मक विषयलाई मिडियाले उठान गर्न सक्नुपर्ने उनको भनाई छ । यसका साथै महासचिव शर्माले कार्यक्रममा गण्डकी प्रदेश सरकारले कामकाजी भाषाका रुपमा मगर र गुरुङ भाषालाई प्रमाणीकरण गरिसकेको अवस्थामा कार्यान्वयनका लागि फोनिजको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । ‘अहिलेको संविधानले हरेक समुदायको हक अधिकारलाई समावेश गरेको छ ।’ उनले भनिन्, ‘कार्यान्वयनमा कसरी लैजाने भन्ने मात्रै हो ।’ संविधानले दिएको हक अधिकारले गर्दा नेपालमा लोकतन्त्र सफल भएको मान्न सकिने मशासचिव शर्माको भनाई छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्ती मगर लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38