ताजा खबर

मिर्गौला पिडित मनिषालाई तमु समाज बेल्जियमद्धारा १ लाख २३ हजार सहयोग

   २० माघ २०७६, सोमबार २१:१६      1,089 views

मिर्गौला पिडित मनिषा गुरुङको उपचारका लागि तमु समाज बेल्जियमले १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग गरेको छ ।

पोखरा १२ नहरमार्गस्थित जनकल्याण तमु समाजमा सोमबार आयोजित कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष गंगा बहादुर गुरुङले मनिषा बचाउ अभियानका संयोजक तथा जनकल्याण तमु समाजका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर कास्की जिल्ला, मादी ७ की मनिषा गुरुङ मिर्गौला पिडित भई उपचारका लागि मनिषा गुरुङ बचाउ अभियानमा करिब ५० लाख रुपैया उपचार सहयोग संकलन पश्चात अभियान बन्द गरे पनि तमु समाज बेल्जियमबाट उपाध्यक्ष गंगाबहादुर गुरुङ मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै अभियान संयोजक ईन्द्रबहादुर गुरुङले अभियानका सहयोगी तमु समाज बेल्जियम लगायत सम्पुर्णलाई धन्यवाद दिदै मिर्गौला प्रत्यारोपणका लागि काठमाडौंमा पहल भईरहेको बताउनुभयो।

उहाँका अनुसार मनिषालाई ग्राण्डी अस्पतालका चिकित्सक डा.दिव्यसिंहले आफ्नै बाबा नेत्रबहादुर गुरुङको मिर्गौला प्रत्यारोपण गर्नुहुने भएको छ। तर पनि मनिषाको स्तनमा केही समस्या देखिए पश्चात प्रत्यारोपण केही समय पछि हुने उहाँले बताउनुभयो।

कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष गंगाबहादुर गुरुङले आर्थिक अभावले उपचारमा समस्या भएकी गाँउकी चेलीको स्वास्थ्योपचारमा संस्थागत ढंगले तमु समाज बेल्जियमले थोरै भए पनि सहयोग गरेको बताउनुभयो। तमु समाज बेल्जियम मानवीय र सामाजिक सेवाका लागि सधै समर्पित रहेका भन्नुहुदै मनिषाको शिघ्र एवम मिर्गौला प्रत्यारोपणको कामना गर्नुभयो।

कार्यक्रममा मनिषा बचाउ अभियानका अभियन्ताहरु सचिव शेरबहादुर गुरुङ, सि.आई.हरि गुरुङ, बालकृष्ण गुरुङ, दुर्गाबहादुर गुरुङ, मादी गाँउपालिका वडा नं.७ का वडाध्यक्ष लालबहादुर गुरुङ लगायतको विशेष उपस्थिती रहेको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284