ताजा खबर

मिलन फाउन्डेशन नेपाल र तमूस्यो रिं च्हमीद्धारा पोखराका पत्रकारहरुलाई सम्मान

   २१ फाल्गुन २०७६, बुधबार १८:५१      1,237 views

मिलन फाउन्डेशन नेपाल र तमूस्यो रिं च्हमीको संयुक्त आयोजनामा आज पोखरामा पत्रकारहरुका लागि स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

हालै लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं ६ पसगाउँमा सम्पन्न भएको तमू सञ्चारकर्मी संघ नेपालको चौंथो राष्ट्रिय महाधिवेशनबाट निवार्चित महासचिव रोशनी गुरुङ तथा सदस्यहरु मणिलाल गुरुङ, खिमा गुरुङ, नविन गुरुङ र किरण गुरुङ एवम् गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनका प्रेस संयोजक रुद्र श्रीषमगरलाई खादा फेटा र पछयौरी अढाएर फाउनडेशनकी संरक्षक सावित्री गुरुङ र तमूस्यो रिं च्हमीकी अध्यक्ष गौरी मिलन तमूस्योले सम्मान गर्नुभएको थियो ।


सो अवसरमा संरक्षक सावित्री गुरुङले सबै पत्रकारहरुलाई आउने दिनमा अझै प्रगति गर्दै अगाडी बढन आर्शीवाद दिनुभयो ।


यसैबीच सोहि कार्यक्रममा मिलन फाउन्डेशनकै मातहतमा सञ्चालित आयुर आर्गनिक कृषि फर्मको समेत आजैबाट शुभारम्भ गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका वडा नं. ५ खोला खेतमा निर्माणाधिन अवस्थामा रहेको सो फर्मबाट आगामी दिनमा माछा, फलफूल, ताजा तरकारी लगायत कृषि सम्बन्धी सबै सामग्री उत्पादन गरिने मिलन फाउन्डेशनका प्रवक्त रुद्र श्रीस मगरले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284