
मिलिजुली विजयपुर तमु समाजको अध्यक्षमा ई.मानकाजी गुरुङ
हुम तमु,
पोखरा १३ जयगंगामार्गस्थित मिलिजुली विजयपुर तमु समाजको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनले इञ्जिनियर मानकाजी गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।

तीनवर्षे कार्यकालका लागि समाजको उपाध्यक्षमा ना.सु.खडकबहादुर गुरुङ, सचिवमा चिनबहादुर गुरुङ, सहसचिवमा इञ्जिनियर सुब्बा गुरुङ, कोषाध्यक्षमा सुवेदार यर बहादुर गुरुङ, सहकोषाध्यामा सहबीर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा बाला गुरुङ, तिलकुमारी गुरुङ, सुनिता गुरुङ, कामना गुरुङ र खिमबहादुर गुरुङ चयन हुनुभएको छ।
यसरी नै समाजको सल्लाहकारहरुमा सु.मे.प्रेमबहादुर गुरुङ, सुवेदार पुर्णबहादुर गुरुङ, सुवेदार खुमबहादुर गुरुङ, गोकुलप्रसाद गुरुङ, सुवेदार चन्द्रबहादुर गुरुङ, क्या.जितबहादुर गुरुङ, सन्तकुमारी गुरुङ, लक्ष्मी गुरुङ र तिलबहादुर गुरुङ चयन हुनुभएको छ।
कार्यसमिति चयनका लागि धनबहादुर गुरुङ र खिमबहादुर गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो। नवनिर्वाचित अध्यक्ष ई.मानकाजी गुरुङलाई निर्वाचन समितिका खिमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो भने पदाधिकारी तथा सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष गुरुङले सपथ ग्रहण गराउनुभएको थियो।
यस अघि साधारणसभा तथा अधिवेशनको दिप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि पोखरा १३ का वडा सदस्य टंकनाथ भट्टराईले विकास साझा भएकाले मिलिजुली विजयपुर तमु समाजको माग सम्झव भए सम्म वडा कार्यालयले पुरा गर्ने बताउनुभयो। विगतमा पनि समाजलाई सहयोग गर्दै आएको हो, अहिले जनप्रतिनीधिको हैसियले वडा समृद्धि बनाउने अभियानमा जनताका मागलाई सम्बोधन गर्दै अघि बढ्ने वडा तयार रहेको बताउनुभयो। उहाँले अधिकारका लागि सम्पुर्ण जनता सचेत हुनुपर्ने बताउनुहुदै अहिले पोखरामा देखा परेको डेंगु रोगबाट बच्नका लागि सर्तकता अप्नाउन आव्हान गर्नुभयो।
कार्यक्रममा तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुृहुदै तमुहरुको एकता, पहिचान र मौलिकताको संरक्षण गर्दै राज्यबाट समाजले योजनाहरु ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो।
तमु प्ये ल्हु संघ कास्कीका प्रथम उपाध्यक्ष निम गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको संस्कार, सँस्कृति जगेर्ना गर्न तमुहरु जुट्नुपर्ने र समाजका लागि राज्यबाट बजेट माग गर्न उहाँको सुझाव थियो।
समाजका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बाँझापाटन तमु समाजका अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङ, हिमाली टोल विकास संस्थाका अधयक्ष भुपति आचार्य, कामना टोल विकास संस्थाका अध्यक्ष सुवेदार कृष्णराज गौतम, समाजका सदस्य ईन्स्पेक्टर मानकाजी गुरुङ, सचिव चिनबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा सञ्चालन सहसचिव ईञ्जिनियर सुब्बा गुरुङले गर्नुभएको थियो।
उक्त साधारणसभामा समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन, सचिव चिनबहादुर गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चिजबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारिएको गरिएको थियो।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08