
मिस नेपाल २०२० छान्न हिडेन ट्रेजर पोखरामा, चैत २९ मा वरिन्टेशन र ३० गते अडिसन
जुना थापा
मिस नेपाल २०२० छान्न हिडेन ट्रेजर टोली पोखरा आइपुगेको छ । हिडेन ट्रेजर नेपालका निर्देशक दिवाकारराज कर्णिकार र मिस नेपाल इन्टरनेश्नल २०१८ कि विजेता रोनाली अमात्य पोखरा अडिसनका लागि पोखरा आइपुगेका हुन् ।

भोलि फागुन २९ गते साँझ ५ बजे वाटरफ्रन्ट रिसोर्ट लेकसाइडमा अनलाइन र प्रत्यक्ष रुपमा फारम भनेका प्रतियोगीहरुका लागि वरिएन्टेसन क्लास र पर्सी चैत्र ३० गते पूर्वाह्न ११ बजे अडिसन हुने हिडेन ट्रेजरका निर्देशक दिवाकरराज कर्णिकारले बताउनुभयो ।
मिस नेपाल अन्तर्राष्ट्रिय छविको राष्ट्रिय कार्यक्रम बनेको र केही गर्न चाहने युवतीहरुका लागि सही प्लेटफर्म भएकाले पनि यस कार्यक्रममा सहभागी हुन पोखरेली युवतीहरुलाई आग्रह गर्नुभयो ।
विभिन्न शहर र कुनाकुनाका प्रतिभालाई उजागर गर्नका लागि यसपालि नेपालका ८ वटा शहरहरु काठमाडौं, पोखरा, धरान, चितवन, बुटवल, वीरगञ्ज, बिर्तामोड, धनगढीबाट अडिसनबाट छानिएका युवतीहरुलाई काठकाडौंमा ६ हप्ता ट्रेनिङ दिने कर्णिकारले बताउनुभयो ।
रजिष्ट्रेशन फि जम्मा २ हजार लाग्ने र मिस नेपालको जर्नीभरिमा लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोर्ने भएकाले जस्तोसुकै आर्थिक अवस्थाका प्रतियोगीलाई सहज हुने कर्णिकारले बताउनुभयो ।
मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्यले मिस नेपालको जर्नीबारे बताउँदै कुनै सङोच नमानी अडिसनमा भाग लिएर आफ्नो भविष्यको प्लेटफर्ममा सहभागी हुन आग्रह गरिन् ।
त्यस्तै यो वर्ष पुरस्कारको राशी बढाएर दुई लाख ५० हजार सहित त्रैमासिक भत्ता पनि पुरस्कारको रुपमा प्रदान गरिनेछ ।
मिस नेपालमा सहभागिताका लागि प्लस टु उत्तीर्ण, १८ देखि २६ वर्ष ननाघेका र ५ फिट ४ इन्च उचाइ हुनपर्नेछ । मे १५ तारिख काठमाडौंमा हुने मिस नेपाल प्रतियोगितामा मिस पोखरा, मिस अष्ट्रेलिया, मिस युरोपले अडिसन नदिई सिधै इन्ट्री पाउनेछ ।
कुटी रिसोर्ट लेकसाइडमा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले अध्यक्षता र स्वागत जेसिजका महासचिव मीनराज पौडेलले गर्नुभएको थियो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00