ताजा खबर

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा धौलागिरी अञ्चल अस्पतालको निरिक्षण

   २८ चैत्र २०७६, शुक्रबार १९:४७      1,146 views

रामकृष्ण बोहरा, बागलुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार अकस्मात धौलागिरी अञ्चल अस्पतालको निरिक्षण गर्नुभएको छ ।

कोरोना भाइरस संक्रमित दुई जना बिरामीको उपचार भइरहेको अस्पतालमा आइपुगेपछि मुख्यमन्त्री गुरुङले यहाँका चिकित्सक र व्यवस्थापनलाई बिरामीको राम्रोसँग उपचार र रेखदेख गर्न निर्देशन दिनुभयो ।


यो अस्पताल कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्ने गण्डकी प्रदेशको पहिलो र मुलुककै तेस्रो अस्पताल बनेको छ ।

अस्पतालमा उपचारत बागलुङकी १९ बर्षिय युवतीसँग विहिवार टेलिफोनमा संवाद गर्नुभएका मुख्यमन्त्री गुरुङ शुक्रबार बिहानै अर्का संक्रमित महिलासँग टेलिफोनमा कुरा गर्दागर्दै अस्पताल पुगेका हुन् ।

युवतीले मुख्यमन्त्रीसँग डाक्टरहरुले टेलिफोनबाट मात्रै कुराकानी गरेको गुनासो गरेकी थिईन । मुख्यमन्त्रीले प्रदेश सरकार कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि सबै शक्ति लगाएर जुटेको बताउनुभयो ।


‘हामी सवै शक्तिका साथ जुटेका छौ, मुख्यमन्त्री गुरुङले भन्नुभयो, उपचार र खाना नपाएर प्रदेशमा कोही पनि मर्ने छैन् ।’ यो प्रदेशको डेडिकेटेड अस्पताल पनि भएकाले भौतिक पूर्वाधार र जनशक्तिको अभाव हुन नदिने उहाँले बताउनु भयो ।


‘गण्डकी प्रदेश सरकार पपुलारिटीका लागि होइन काम खोज्छ, तपाईंहरु ढुक्क हुनुहोस् टेन्डर प्रक्रियामा गईसकेकाले निर्माण शुरु भएको एक साताभित्रै आईसियू कक्ष संचालनमा आउँछ’ जनशक्तिको अभावबारे संकेत गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो’– ‘अहिले पनि गण्डकी प्रदेशमा ४० प्रतिशत स्वास्थ्यतर्फका कर्मचारीको अभाव छ ।

त्यसलाई पुर्ति गर्नका लागि स्थायी व्यवस्था नहुञ्जेल करारमा काम चलाउने सरकारले निर्णय गरिसकेको छ ।’ प्रदेश लोकसेवा आयोग बन्ने स्थिति थियो तर, लकडाउनका कारण रोकिएको उहाँको भनाई रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284