
मुम्बईमा चारतले भवन भत्किँदा ४० जनाभन्दा बढी पुरिएकाे आशंका
भारतको मुम्बईमा रहेकाेको डोंगरी इलाकामा मंगलबार बिहान केसरबाइ नाम गरेको एउटा चारतले भवन भत्किँदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ ।

स्थानीय दमकल विभाग र राष्ट्रिय विपद प्रतिक्रिया दल (एनडीआरएफ) समयमै घटनास्थल पुगेर उद्धारकार्य गरिरहेको जनाइएको छ । भवन रहेको गल्ली साँघुरो भएकाले उद्धारमा कठिनाइ भइरहेको छ भने मानिसहरुको लाइन बनाएर उद्धारकार्य गरिरहेका छन् । स्थानीयका अनुसार त्यो भवन एक सय वर्षभन्दा पनि पुरानो भए पनि जीर्ण अवस्थाको भने थिएन । त्यसैले यो भवन ढलिहाल्ला भनेर कसैले अनुमान गरेका थिएनन् ।
महानगरभित्र रहेका खतराजनक भवनहरुको सूची बनाउने बृहत मुम्बई कर्पोरेशन (बीएमसी)को सूचीमा पनि यो भवनको नाम समावेश थिएन । बीएमसीका अनुसार बिहान ११ बजेर ४८ मिनेट जाँदा डोंगरीको टांडेल गल्लीमा रहेको केसरबाइ नाम गरेको यो भवनको आधा भाग भत्किएको थियो ।
मुम्बइ र आसपासका क्षेत्रमा केही दिनयता घरीघरी रोकिँदै पर्दै गरेको वर्षा स्थानीयका लागि घातक सिद्ध हुन थालेको छ । पुने र मुम्बइका विभिन्न ठाउँमा वर्षाका कारण भएका घटनामा अहिलेसम्म ३० जनाको ज्यान गइसकेको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09