ताजा खबर

मुलुकको विकाससँगै समृद्धि –मुख्यमन्त्री गुरुङ

   २ श्रावण २०७६, बिहीबार २२:०१      1,585 views

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आँफूहरू अघि बढेको बताउनुभएको छ ।

नेकपा जिल्ला कमिटी नवलपुरद्धारा नेकपा केन्द्रीय सदस्य एवम् संघीय सांसद तिलक महतका आमा नन्दकली महतको छैटौं पुण्य तिथिका अवसरमा बुधबार कावासोतीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उहाँले पार्टीलाई आजको अवस्थामा पु¥याउन अग्रजको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।


पार्टीको गण्डकी प्रदेशका इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टी एकिकरणको सम्पूर्ण प्रकृया अन्तिम चरणमा पुगेको बताउँदै पार्टी भित्र मौलाएको विसंगति र विकृतिका विरुद्धमा संगठित भएर सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेपालमा कम्युनिष्टले निर्वाचनमा विजय हासिल गर्नु ख्याल ठट्टाको बिषय नभएको चर्चा गर्दै उहाँले सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियान प्रभावकारी बनाउन कम्युनिष्ट शक्ति बलियो हुनुपर्नेमा जोड दिनुभयो ।


मुलुकमा कुनै पनि विकास निर्माणको परिणाम देखिन समय लाग्ने बताउँदै उहाँले सरकारको अघिल्लो बर्ष आधर निर्माण र आगामी आर्थिक बर्ष भौतिक निर्माणको बर्षको रुपमा रहने जानकारी दिनुभयो ।


कोराला, पोखरा भिमाद हुँदै पूर्व पश्चिम राजमार्ग जोड्दै सुस्ता पूर्व त्रिवेणीसम्म सडक निर्माण गर्ने प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि कतिपय कानुनी अडचन फुकाउन संघीय सरकारले ढिला सुस्ति गरेको धारणा राख्नुभयो ।


गण्डकी प्रदेश सरकारको गत आर्थिक बर्ष ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेपनि कर्मचारी अभाव, विभिन्न ऐन नीति, कार्यविधि समयमा निर्माण हुन नसक्दा सोचे अनुसारको खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले चालू आर्थिक बर्षमा लक्ष्य प्राप्तिका लागि समयमै विकास निर्माणमा जुट्ने बताउनुभयो ।


कावासोतीस्थित आप्mनो निवासमा दुःखमा बस्नुभएका संघीय सांसद तिलक महतले आमाको प्रेरणाले आफु राजनैतिक क्षेत्रमा लाग्न सफल भएको बताउँदै एक जना आमा गुमाएपनि हजारौं आमाको माया ममता पाउँदै आएको हुँदा आफु टुहुरो नभएको अनुभूति सुनाउनुभयो ।
पार्टीको नवलपुरका अध्यक्ष तथा प्रदेश सभा सदस्य रोशन गाहामगरले पार्टीको जुनसुुकै अवस्थामा पनि सहयोग पु¥याउँदै आउनुभएको आमा नन्दकली हमालको निधनले अपुरणीय क्षती पुगेको बताउँदै अग्रजले देखेका सपना पुरा गर्न सिंङ्गो पार्टी पङ्ति संगठित भएर लाग्नु पर्ने धारणा राख्नुभयो ।


सभामा मुख्यमन्त्री गुरुङ, पार्टी स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी प्यासी, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश सरकारका भौतिक योजना तथा विकास मन्त्री रामशरण महत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, कृषि मन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान लगायतले स्वर्गीय नन्दकलीको तस्विरमा माल्यापर्ण गरि श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

स्व. नन्दकलीको काठमाडौमा उपचारका क्रममा असार २७ गते ८३ बर्षको उमेरमा निधन भएको थियो (रासस)

तस्वीरः हरि बास्तोला

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284