ताजा खबर

मृगौला पिडित रुपा गुरुङलाई याङजाकोट परिवार युके र अन्य संस्थाबाट गरि ५ लाख ७६ हजार सहयोग

   २४ असार २०७७, बुधबार २०:१७      1,542 views

याङजाकोट परिवार युके तथा विभिन्न व्यक्ति एवम् संस्थाले मृगौला पिडित रुपा गुरुङलाई ५ लाख ७६ हजार ७ सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट गैरीगाउँ निवासी रुपा गुरुङ विगत ४ वर्षदेखि मृगौला रोगबाट पिडित हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि रुपालाई यसअघि पनि विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त भएको सहयोगबाट नियमित रुपमा मृगौलाको डायलोसिस गर्दै आउनुभएको छ ।


याङजाकोट जन्मघर भई हाल बेलायतको विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका याङजाकोटबासीले रुपाको उपचारमा सहयोग पुरयाउने उद्देश्यले संकलन गरिएको सहयोग आज याङजाकोट तमू समाज पोखरामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।


युके परिवारले आफना ५६ जना सदस्यबाट संकलन गरेको ४ लाख ७० हजार रुपैंया याङजाकोट परिवार युकेका सल्लाहार क्या.मनबहादुर गुरुङ र तेजबहादुर गुरुङ तथा इमानसिंह गुरुङले संयुक्त रुपमा पिडित रुपा गुरुङलाई हस्तारन्तण गर्नुभएको थियो ।


सोही कार्यक्रममा पिडित रुपाको मावली परिवार तथा आफन्तजनबाट संकलन गरिएको नगद ६३ हजार ७ सय ७० रुपैंया याङजाकोट तमू समाज पोखराका महिला समितिकी अध्यक्ष लक्ष्मी गुरुङले हस्तान्तरण गर्नुभयो ।


सोही कार्यक्रममा याङजाकोट क्रोम्छैं चेलीबेटीबाट नगद १० हजार रुपैंया अध्यक्ष खुसीरि गुरुङले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका याङजाकोट तमू समाज पोखराका अन्य सदस्यहरुबाट संकलन गरिएको नगद २४ हजार रुपैंया पनि आजै हस्तान्तरण गरिएको छ । यसरी जम्मा भएको रकमबाट पिडित रुपालाई नगद ५ लाख ७६ हजार ७ सय ७० रुपैंया प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै याङजाकोट परिवार युकेका सल्लाहकार क्या. मनबहादुर गुरुङले रुपालाई समाजले अहिले मात्रै नभएर आउने दिनहरुमा सहयोग गर्ने भन्दै आफनो मनोबल उच्च बनाएर अघि बढन आग्रह गर्नुभयो । कुनै पनि काम सामुहिक रुपमा गरयो भने त्यसले चाँडै सफलता प्राप्त गर्ने भन्दै उहाँले रुपाको उपचारको लागि थप रकम जुटाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।


यस्तै अर्का सदस्य तथा याङजाकोट तमू समाज पोखराका पुर्व अध्यक्ष तेजबहादुर गुरुङले हामी जहाँजता रहेता पनि आफनो भाषा र संस्कृति बिर्सन नहुने बताउनुभयो । एकलाई पर्दा अर्कोले सहयोग गर्ने भावना सबैमा विकास हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस मादी गाउँपालिकाका संयोजक देवीजंग गुरुङले रुपाको सहयोगको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । यस्तै पत्रकार रोशनी गुरुङले रोगको दीर्घकालीन समाधानको लागि रुपा सहयोग समिति गठन गरेर अघि बढदा चाँडै मृगौला प्रत्यारोपणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


याङजाकोट तमू समाजका पुर्व अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले सबैले स्वस्थ रहन नियमित रुपमा योग ध्यान गरेमा धेरै फाइदा हुने बताउनुभयो ।


सहयोग रकम ग्रहण गरेपछि पिडित रुपाले आफूलाई अहिलेसम्म सहयोग गर्ने सबै संघ संस्था तथा व्यक्तिहरुलाई हृदयदेखि नै धन्यवाद दिनुभयो । संकलन गरिएको रकम आफनो उपचारमा सहि ढंगाले खर्च गर्ने वाचा समेत उहाँले गर्नुभयो ।

कार्यक्रममा याङजाकोट परिवार युकेका अध्यक्ष क्या.सुर्यप्रकाश गुरुङले पठाउनुभएको पत्र याङजाकोट तमू समाज पोखराका सचिव क्या.घनबहादुर गुरुङले वाचन गरेर सबैलाई सुनाउनु भएको थियो ।


याङजाकोट तमू समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष जेमप्रसाद गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव क्या.घनबहादुर गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284