ताजा खबर

मृगौला रोगी मनिषालाई तमूस्यो रिं च्हमीको सहयोग, हालसम्म ४० लाख सङ्कलन

   २ पुष २०७६, बुधबार २१:२८      1,814 views

मृगौला रोगी मनिषा गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले पोखरामा विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ७ थाकका स्थायी बासिन्दा मनिषा गुरुङ विगत केही समयदेखि मृगौला रोगबाट ग्रसित हुनुहुन्छ ।


गुरुङको उपचारमा सहयोग गर्न तमूस्यो रिं च्हमी परिवार पोखराले आज एक कार्यक्रमका बीच मनिषा बचाउ अभियान समितिलाई १ लाख ९० रुपैंया हस्तान्तरण गरेको छ । गत तिहारमा आयोजित देउसी भैलोबाट सङ्कलन भएको रकममा परिवारका सबै सदस्यहरुले व्यक्तिगत सहयोग गरि जम्मा भएको रकमबाट आज सो सहयोग प्रदान गरिएको तमूस्यो रिं च्हमीकी अध्यक्ष गौरी मिलन तमूले जानकारी दिनुभयो ।

सहयोग समितिकका अध्यक्ष तथा जनकल्याण तमू समाज पोखराका अध्यक्ष इन्द्रबहादुर गुरुङ एवम् कोषाध्यक्ष रोविन गुरुङलाई संयुक्त रुपमा सो रकम प्रदान गरिएको हो ।

यसैबीच सोहि कार्यक्रममा मनिषा बचाउ अभियानका अभियानत एवम् युवा समाजसेवी दुर्गाबहादुर गुरुङले सङ्कलन गर्नुभएको रकम २ लाख ४९ हजार ८ सय ९१ रुपैंया पनि सोही कार्यक्रममा समितिलाई हस्तान्तरण गरिएको छ ।


यस्तै युवा नेता बालकृष्ण गुरुङले व्यक्तिगत रुपमा सङ्कलन गर्नुभएको १ लाख ७१ हजार ५ सय ३८ रुपैंया पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

रकम ग्रहण गर्दै मनिषा बचाउ अभियानका कोषाध्यक्ष रोविन गुरुङले हालसम्म मनिषाको उपचारको लागि करिब ४० लाख रुपंैया सङ्कलन भइसकेको र अझै सहयोग जुटने क्रम जारी रहेको बताउनुभयो ।

यस्तै समितिका सचिव शेरबहादुर गुरुङले मनिषाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै मनिषा विगत एक महिनादेखि काठमाडौको ग्रान्डी हस्पिटलमा मृगौला प्रत्यारोपणको लागि उपचारमा रहेको र मनिषाकै बाबाको मृगौला प्रत्यारोपण गर्ने पक्का भएको तथा अब करिब दुई हप्ताभित्र मृगौला प्रत्यारोपणको काम सम्पन्न हुने समेत जानकारी दिनुभयो ।


सहयोग रकम ग्रहण गर्दै सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले मनिषाको उपचारको लागि सङ्कलन भएको सबै रकम मनिषाकै उपचारमा खर्च गरिने जानकारी दिदै सहयोग गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

यसअघि मनिषाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले थाक स्थायी घरभई हाल हङकङ निवासी समाजसेवी नानी कमला गुरुङको पहलमा सङकलन भएको ६ लाख ३४ हजार ३ सय ४० रुपैंया पनि मनिषालाई प्रदान गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284