ताजा खबर

मौनतामा पनि बोल्छ पसगाउँ (कविता)

   २० फाल्गुन २०७६, मंगलवार १८:४०      2,461 views

रोशनी गुरुङ

प्रिय पसगाउँ
तिमीसँग म वर्षैंदेखि भेट्न चाहन्थें
तिमीलाई नजिकबाट नियालेर
तिम्रै आँगनमा रमाउन चाहन्थें

तिमीलाई म टाढाबाट मात्र देख्थें
नामबाट मात्रै चिन्थे
तस्विरबाट मात्रै देख्थें
तिम्रो बयान अरुको मुखबाट मात्रै सुन्थें

तर
आज एउटा सपना पूरा भएको छ
तिमीले मलाई आफनो आँगनमा
स्वागत गरेको छ
आफनो मुहारको लाजको पछयौंरी
निकालेर
दिलैदेखि स्वागत गरेको छ

म बिहानैदेखि तिमीलाई नियाली रहेछु
शिरदेखि पाउँसम्म

पाउँदेखि शिरसम्म
तिमीलाई आँखा झिमिक्कै नगरी
म हेरिरहेछु ।

मेरो हरेक हेराइमा तिमी झनै सुन्दर बनेर आयौं
मेरो हरेक बुझाईमा तिमी झनै प्रष्ट भएर आयौं

त्यसैले त तिमीसँग मेरो लगाव बस्यो
अझै भनौं तिमीसँग मेरो दिल बस्यो

प्रिय पसगाउँ
तिम्रो प्रत्येक घरहरुले
मेरो पुर्खाको सभ्यता बोल्यो
तिम्रो आँगन र ढुङ्गे सिँढीहरुले
मेरो पुर्खाको पहिचान र परम्परा बोल्यो

म हिजोदेखि आजसम्म र अहिलेसम्म
तिमीसँग बोलि रहेछु
केवल मनदेखि मनसम्म
आवाजदेखि मौनतासम्म

म तिम्रो आवाजमा पनि माया भेटछु
मौनतामा पनि संस्कृति भेटछु
सबै खाले भाषाभित्र तिम्रो
माया नै माया भेटछु

त्यसैले पसगाउँ
यहाँका प्रत्येक छोराछोरीले
तिम्रो जिम्मेवारी बोकेर हिडुन
यहाँको देवी देउरालीले तिम्रो रक्षा गरुन
यहाँ आउने पर्यटकले तिम्रो बयान गरुन

अनि
हाम्रा सन्ततीहरु संस्कृति र संस्ककार सिक्न
तिम्रो काखमा आउन

जो जो जहाँ जहाँबाट आउन
सबैले तिम्रै नाम पुकारुन

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284