
मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न
लखन बचत तथा ऋण सहकारी संस्थाले एक दिने मैरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न गरेको छ ।
पोखरा–१० रामघाटमा रहेको उक्त सहकारीले आफ्ना सेयर सदस्यहरुलाई सो तालिम दिएको हो ।

मौरीपालन गर्न इच्छुक सेयर सदस्यहरुहरुलाई अभिप्रेरित गर्न र व्यवसाय रुपमा नै लाग्न सहज होस् भन्ने उदेश्यले तालिम सञ्चालन गरेको संस्थाका अध्यक्ष पूर्ण बहादुर राना मगरले जानकारी दिनुभयो ।

प्रशिक्षक द्वय टेकमान गुरुङ र कमल राना मगरले सहजिकरण गर्नुभएको तालिममा ७० जनाको सहभागिता रहेको थियो । उपाध्यक्ष बुद्धिमाया थापा मगरले सिकेका सिपलाई व्यवहारमा उतार्न र व्यवसायिक बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष पूर्ण बहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल बहादुर श्रीसले गर्नुभएको थियो ।
आजको खबर
Follow Us

भानु जयन्तीको अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न
२९ असार २०८२, आईतवार १४:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38