
मौसम : बादलले ढाक्यो आकाश, पानी पर्ने सम्भावना छैन
काठमाडौं – उपत्यकासहित देशका धेरै ठाउँमा बुधबार बिहानैदेखि बादल लागेको छ । पश्चिमी वायुको कारण देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सुजन सुवेदीका अनुसार दिउँसो भने विस्तारै बादल हटेर घाम लाग्ने सम्भावना छ । बुधबार राति पश्चिम पहाडी र पुर्वी तराईमा मौसम बद्लीको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘तर पानी पर्ने सम्भावना भने छैन । यी ठाउँमा पश्चिमी वायुको थोरै प्रभाव अझै रहेकाले बदली हुने सम्भावना रहेको हो ।’
बिहीबार भने देशभरको मौसम सामान्यतया सफा नै हुनेछ । शुक्रबारदेखि केही दिन मौसम बदली हुने सम्भावना रहेको मौसमविद् सुवेदीले बताउनुभयो । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्यियस मापन गरिएको महाशाखाले जनाएको छ ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00