
म्याग्दीकी क्रिस्टिनाले जितिन ‘मिस मगर–२०२४’ को उपाधी
सातौँ संस्करणको मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । प्रतियोगिताको फाइनलमा पुगेका ११ प्रतिस्पर्धी मध्ये उत्कृष्ट बन्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले नगद रु १ लाख, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात पारिन् ।

बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्ट रनरअप घोषित हुँदै ताजसहित नगद रु ५० हजार प्राप्त गरिन् । आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा मुदी म्याग्दीकै नरिशा पुनमगर ताज र नगद रु २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् ।
थर्ड रनरअपको उपाधि गौशाला महोत्तरीकी रश्मि आलेमगरले प्राप्त गरिन् । ताजसहित नगद रु १५ हजार हात पारेकी रश्मिले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र वेस्ट पर्सनालिटी अवार्डपनि जितिन् । भ्यूअर च्वाइस अवार्डबाट वालिङ स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद रु १० हजारसहित पुरस्कृत भइन् । उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी छिन् ।

यसैगरी विधागत अवार्डतर्फ मोस्ट डिसिप्लिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट ट्रेनी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितेका छन् । मोस्ट डेडिकेटेड अवार्डबाट जेलवाङ रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् भने मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् । मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाण्डौंकी जेरुशा पुनमगरले प्राप्त गरिन् ।
देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । पोखरा ग्राण्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतिको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापामगरले जानकारी दिए ।
उनका अनुसार ग्रान्ड फिनालेको प्रमुख निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए । निट डेन्टल केयरको प्रस्तुति तथा एसटी क्रियशनको आयोजनामा भएको प्रतियोगितामा नेपाल मगर सङ्घ कास्कीको संरक्षकत्व रहेको थियो ।
उक्त प्रतियोगितामा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहेको थियो ।
ग्राण्ड फिनालेका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले यस कार्यक्रम मार्फत मगरहरुको भाषा संस्कार संस्कृति संरक्षणको लागि अहम भूमिका खेलेको भन्दै आफ्नो भाषा संस्कृति संरक्षणको लागि आफै अगाडि बढ्नु पर्ने बताए । भाषा संस्कारको हस्तान्तर गर्दै जानु समुदायको कर्तव्य रहेको बताउँदै, यस खालको कार्यक्रमले इतिहास कायम गर्ने कामको शुरुवात र निरन्तरता भइरहेको बताउँदै आदिवासीको भाषा संस्कृतिको उत्थान र संवद्र्धनको लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका उपमहासचिव खेम पुन मगर, गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, नेपाल मगर संघ कास्कीका सचिव लाल बहादुर राना मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु राना मगर, आदिवासी जनजाति महासंघका मुख्य सचिव सुजन लामा, मिस मगर– २०२४ का टाइटल स्पोन्सर तथा निट डेन्टल कियरका प्रवन्ध निर्देशक विरेन राना मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
ग्राण्ड फिनालेको अवसरमा यही असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने मगर समुदायमा आधारित चलचित्र खुस्माका नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायत सहभागी रहेको थियो भने कलाकारहरुले नृत्य समेत समेत प्रस्तुत गरेका थिय । यसैगरी मगर संस्कृतिमा आधारित नारी कथानक चलचित्र दिलसराका निर्माता तथा पटकथाकार मिना थापा मगर, कलाकार सृष्टी राना मगर र सुस्मिता पुन मगरको पनि उपस्थिति रहेको थियो ।

मिस मगर नेपाल–२०२४ का आयोजक समितिका अध्यक्ष एम.वि. आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जुना थापा मगर र सफल सुवेदीले गरेका थिए भने स्वागत मन्तव्य संयोजक रुद्र श्रीस मगरले व्यक्त गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38