
यसवर्षको मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार फोनिज तनहुँका अध्यक्ष प्रताप रानामगरलाई
यसवर्षको मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार फोनिज तनहुँका अध्यक्ष तथा कान्तिपुर टेलिभिजन तनहुँका संवाददाता प्रताप रानामगरलाई प्रदान गरिएको छ ।

नेपाल मगर पत्रकार संघ कास्कीका शाखाद्धारा प्रदान गरिदै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित सम्मानपत्र, फेटा र फूलमाला सहित पत्रकार रानालाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सम्मान गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेरचनले कौरा मगर समुदायको मात्रै नभई नेपाल र नेपालीको महत्वपूर्ण संस्कृति रहेको भन्दै अब यसको संरक्षण राज्यले गर्ने बताउनुभयो । आफू थकाली परिवारमा जन्मिए पनि मगर समुदायसँग हुर्किएको भन्दै मगरको अधिकांश संस्कृतिसँग नजिकबाट परिचित रहेको उहाँको भनाई छ ।

नेपालमा २०४६ सालको जनआन्दोलनपछि विभिन्न जातजातिको संस्कृतिलाई पुनः जागरण गर्ने क्रम शुरु भएता पनि अझै यसले पूर्णता प्राप्त नगरेको उहाँले बताउनुभयो ।
आदिवासीको संस्कृति माथि पटक पटक राज्यपक्षबाट आक्रमण हुँदै आएपनि यसबारे कतिपय आदिवासी समुदाय भने बेखबर हुने गरेको बताउनुभयो । साथै उहाँले मनबाटै मानिसमा समानताको भावना नआउँदासम्म व्यवहारमा समानता नआउने बताउनुभयो ।
सम्मानित व्यक्तित्व प्रताप रानामगरले सम्मानबाट आफूलाई अझै धेरै उर्जा मिलेको भन्दै पश्चिमी संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको कौराको संरक्षणका निम्ती आफनो कलम निरन्तर चलिरहने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वको परिचय पत्रकार मिना थापामगरले राख्नुभएको थियो भने स्वागत मन्तव्य कौरा संरक्षणका अभियान्त तथा मगर चलचित्रकर्मी तारामाया थापा मगरले दिनुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष शान्ति गुरुङ, राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष खेम पुन, नेपाल मगर संघ गण्डकीका अध्यक्ष सिद्धान्त थापा, पुरस्कार छनौट समितिका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था मगर, फोनिज गण्डकीका इञ्चार्ज हुमबहादुर तमू लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्रबहादुर हितान मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापाले गर्नुभएको थियो ।
उस्तै खबर





https://shorturl.fm/TDuGJ
Written by Breanna790 2025-05-31 17:28:32