ताजा खबर

यस वर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार चलचित्रकर्मी सुकलाल गुरुङलाई प्रदान गरिने

   १७ भाद्र २०७९, शुक्रबार १८:२९      819 views


यस वर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार वरिष्ठ चलचित्रकर्मी सुकलाल गुरुङलाई प्रदान गरिने भएको छ ।

जीवनको लामो समय विभिन्न गुरुङ चलचित्रहरु मार्फत जिवन्त अभिनय गरि दर्शकको मनमा बस्न सफल चलचित्रकर्मी गुरुङले स्व.लोकबहादुर गुरुङद्धारा निर्मित विभिन्न चलचित्रहरुमा समेत अभिनय गर्नुभएको छ ।

उहाँले चों, क्रमु, हेर्बै ट, धिं, कर्म, नकय फुँ, थु लगायतको चलचित्रहरुमा अभिनय गर्नुभएको छ ।
विं.सं. १९९५ साल वैशाख १ गते बाबा विरध्वज गुरुङ र आमा डिलसुवा गुरुङको कोखबाट कास्कीको लेखनाथ रिट्ठेपानीमा जन्मिनु भएका गुरुङको हालको बसोबास भने पोखरा १० मिलनटोलमा रहेको छ ।


सम्मानित व्यक्तित्व गुरुङलाई यहि भदौ १९ गते स्व.लोकबहादुर गुरुङको आठौ स्मृति दिवसको अवसरमा नगद ३५ हजार र ताम्रापत्र सहित सम्मान गरिने लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो ।


वरिष्ठ संस्कृतिकर्मी, गीतकार, संगीतकार, चलचित्र निर्देशक तथा अभियान फिल्मस प्रा.लि.का निर्माता निर्देशक एवम तमू संसार पत्रिकाका संस्थापक प्रकाशक सम्पादक लोकबहादुर गुरुङको २०७१ साल भदौ १९ गते निधन भएपछि उहाँको नाममा गठन भएको प्रतिष्ठानले हरेक वर्ष उहाँको स्मृति दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284