
यस वर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार चलचित्रकर्मी सुकलाल गुरुङलाई प्रदान गरिने
यस वर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार वरिष्ठ चलचित्रकर्मी सुकलाल गुरुङलाई प्रदान गरिने भएको छ ।

जीवनको लामो समय विभिन्न गुरुङ चलचित्रहरु मार्फत जिवन्त अभिनय गरि दर्शकको मनमा बस्न सफल चलचित्रकर्मी गुरुङले स्व.लोकबहादुर गुरुङद्धारा निर्मित विभिन्न चलचित्रहरुमा समेत अभिनय गर्नुभएको छ ।
उहाँले चों, क्रमु, हेर्बै ट, धिं, कर्म, नकय फुँ, थु लगायतको चलचित्रहरुमा अभिनय गर्नुभएको छ ।
विं.सं. १९९५ साल वैशाख १ गते बाबा विरध्वज गुरुङ र आमा डिलसुवा गुरुङको कोखबाट कास्कीको लेखनाथ रिट्ठेपानीमा जन्मिनु भएका गुरुङको हालको बसोबास भने पोखरा १० मिलनटोलमा रहेको छ ।
सम्मानित व्यक्तित्व गुरुङलाई यहि भदौ १९ गते स्व.लोकबहादुर गुरुङको आठौ स्मृति दिवसको अवसरमा नगद ३५ हजार र ताम्रापत्र सहित सम्मान गरिने लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो ।
वरिष्ठ संस्कृतिकर्मी, गीतकार, संगीतकार, चलचित्र निर्देशक तथा अभियान फिल्मस प्रा.लि.का निर्माता निर्देशक एवम तमू संसार पत्रिकाका संस्थापक प्रकाशक सम्पादक लोकबहादुर गुरुङको २०७१ साल भदौ १९ गते निधन भएपछि उहाँको नाममा गठन भएको प्रतिष्ठानले हरेक वर्ष उहाँको स्मृति दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09