ताजा खबर

याङजाकोटमा गुरुङ चलचित्र प्राविधिकहरुको एक हप्ते कार्यशाला शुरु

   १९ बैशाख २०८२, शुक्रबार २०:५१      293 views

पोखरा
गुरुङ फिल्म एसोशियशन नेपाल (जिफान) को आयोजनामा आजदेखि एक हप्ते प्राविधिक प्रशिक्षण कार्यशाला शुरु भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोटमा शुरु भएको कार्यशालामा पुरुषोत्तम प्रधानले प्रशिक्षण दिइरहनु भएको छ ।


मादी ३ को वडा कार्यालय सभाहलमा कार्यशालाको आज मादी गाउँपालिका प्रमुख देविजंग गुरुङले उदघाटन गर्नुभयो ।


कार्यक्रममा मादी ३ का वडा अध्यक्ष विकास गुरुङ, मादी २ का वडा अध्यक्ष भोजबहादुर गुरुङ, जिफानका सल्लाहकार कृष्णकुमार गुरुङ, निवर्तमान अध्यक्ष गुञ्जबहादुर गुरुङ लगायतले कार्यशालाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


एक हप्तासम्म सञ्चालन हुने कार्यशालालाई नेपाल सरकार चलचित्र विकास बोर्डले सहयोग गरेको छ भने मादी गाउँपालिकाले सहकार्य गरेको छ । तालिममा गुरुङ र गैर गुरुङ समुदायको विभिन्न चलचित्रहरुमा काम गर्ने ४० जना प्राविधिकहरुको सहभागिता रहेको छ ।


जिफानका अध्यक्ष राजबहादुर गुरुङ (राजेश) को अध्यक्षतामा भएको उदघाटन कार्यक्रम महासचिव लब्सन गुरुङले सञ्चालन गर्नुभएको थियो भने प्राविधिक विभाग प्रमुख राजकुमार गुरुङको संयोजनमा कार्यक्रम भएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284