
याङजाकोटमा होम स्टेको व्यापार फस्टाउँदै, मासिक लाखौ कमाउँछन युवा व्यवसायी – रोशन गुरुङ
रोशनी गुरुङ / सम्पादक / मादी न्युज
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष घोषणा गरि रहदा यति बेला गाउँघरमा आन्तरिक तथा बह्य पर्यटकको आगमन दरमा वृद्धि भएको छ । यद्यापी हाम्रा गाउँघरहरु प्राय शून्य र सुनसानको अवस्थामा पुगेको छ ।

यहि सुनसान र रिक्तिने अवस्थामा पुगेको गाउँलाई फेरि चहल पहल बनाउने र गाउँघरलाई पहिलेको भन्दा सुन्दर बनाउने काम युवाहरुको काँधमा छ ।

यस्तै विचारले प्रभावित भएर २०६७ सालमा आफनै घरमा सानो लगानीमा होम स्टे शुरु गरेका रोशन गुरुङ अहिले लाखौं सम्पत्तिको मालिक बनेका छन । कारण हो उनी निरन्तर यो पेशामा क्रियाशिल छन ।

कास्कीको मादी गाउँपालिका वडा नं ३ याङजाकोटमा रोशनको रक अन होम स्टे एण्ड रेष्टुरेन्ट छ । यो गाउँमा उनले नै सबै भन्दा पहिले होम स्टेको अवधारणा ल्याएका थिए ।
शुरुका दिनमा धेरै कठिनाईहरु भोग उनले कहिले पाहुना नआउने कहिले क्षमता भन्दा बढी पाहुना आई दिने खानाको परिकारहरु भने जस्तो बनाउन नआउने एवं खाले समस्यासँग जुधेर उनले आफनो पेशालाई निरन्तर रुपमा अघि बढाई रहे ।

विस्तारै समस्यसँग समाना गर्दै जाँदा उनको व्यवसायले पनि फटको मार्दै गयो भने उनी पनि काममा परिपक्क हुँदै गए । अहिले यो गाउँमा उनको सिको गरेर ११ वटा होम स्टेहरु सञ्चालनमा आएका छन ।

मादी गाउँपालिकाको केन्द्र याङजाकोटमै रहने भएपछि आजभोलि यो गाउँमा घुम्ने पर्यटक मात्र होइन गाउँपालिकासँग सम्बन्धित कामले पनि मानिसहरु आई रहन्छन । त्यसैले अहिले पाहुनाको चिन्ता छैन उनलाई । विदेशी पर्यटक पनि आईरहने याङजाकोटमा बढी मात्रमा ओइरो लाग्ने भनेको चाँहि अन्तरिक पर्यटक नै हो ।

शुरुमा एक लाखको लगानीबाट शुरु गरेको उनको यो व्यवसायले अहिले वार्षिक १५ देखि २० लाखसम्मको कारोबार गर्छ । युवाहरुमा जोस् जाँगर भयो भने गाउँघरमै बसेर पनि महिनामा लाखौ रुपैंया कमाउन सकिने रहेछ उनी भन्छन ।

युवाहरु विदेशीने भन्दा गाउँघरमै केहि गर्ने सोच बनाउनुस यसले तपाईलाई बचाउँछ माथि उठाउँछ उनी भन्छन ।

अब यहि पेशालाई अझै व्यवस्थितसँग सञ्चालन गर्छु छोडने त कल्पना समेत गर्न सकिन्न उनले भनेका छन । अहिले रोशनको रक अन होम स्टेमा ३ जनाले रोजगार पाएका छन भने गाउँघरमा उत्पादन भएका कतिपय कृषकका लोकल कुखुरा, ताजा तरकारीहरु समेत राम्रौ खपत भएका छन् ।


आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26