
याङजाकोटलाई हिल स्टेशन बनाउनु पर्छ ः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले याङ्जाकोट गाउँ पृथ्वीको सुन्दर बगैंचा भएको भन्दै यसको विकास गर्न याङजाकोटमा हिल स्टेशन बनाउनुपर्ने बताउनुभएको छ ।

कास्कीको मादी गाउँपालिकाले आज गाउँपालिका केन्द्र याङजाकोटमा आयोजना गरेको पाँचौ गाउँसभाबाट स्वीकृत भएको आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम तथा बजेट सार्वजानिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

आफू पहिलो पटक याङजाकोट गाउँमा आएको र यहाँको सुन्दरता एवम् अतिथ्यता सत्कारले प्रभावित भएको भन्दै गाउँबासीहरु आत्मानिर्भर हुन गाउँले उत्पादनलाई नै जोड दिनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशको सबै जनतालाई गरिबीको रेखाबाट माथि उठाउन प्रदेश सरकारले जनतालाई रोजगार भन्दा सीप सिकाउन बढी प्रेरित गरेको भन्दै विकास र समृद्धिमा जनताले पाखुरा चलाउनुपर्ने र त्यसमा प्रदेश सरकारले साथ दिने बताउनुभयो ।

प्रदेशको सबै घरघरमा पानीको धारा र विजुली पुरयाउने, स्थानिय सदरमुकामलाई प्रदेश सदरमुकामसँग जोडने, गण्डकी प्रदेशलाई अन्य ६ वटा प्रदेशसँग सहज रुपमा सडक सञ्जालमा जोड्ने चीन र भारतसँग गण्डकी प्रदेशलाई जोडने र ती मुलुकबाट सजिलै नेपालमा पर्यटक भित्रयाउने तथा सन २०२० मा गण्डकी प्रदेशमा २५ लाख पर्यटक भित्रयाउने आफूहरुको लक्ष्य रहेको समेत उहाँले बताउनु भयो ।

मुख्यमन्त्रीले योजना अघि सारेर भाषा गरेर मात्रै यो योजना सफल नहुने भन्दै यसमा प्रदेशका सबै जनताले साथ दिनुपर्ने उहाँको भनाई रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले मादीमा विकासको लहर तिव्र रुपमा अघि बढेको देखेर केहि व्यक्तिहरु आरिसले जलेको र त्यसलाई असफल बनाउन अनेक प्रपञ्च रचेर विरोधमा उत्रिएको बताउनुभयो ।

विकास नचहानेहरुले मादीमा ४ वटा पक्की पुल, थुप्रै झोलुङ्गे पुल बन्ने भएपछि र कसेरी भैसे याङजाकोट सडक, पोखरा सिक्लेस सडक तथा पोखरा राखी मिजुरे सडक पिच हुनेभएपछि त्यसको विरोध गरेर असफल बनाउनु कुचेष्ट गरेको बताउनुभयो ।

मादी गाउँपालिकालाई गण्डकी प्रदेश सरकारको र गण्डकी प्रदेशका सबै प्रदेशसभा सदस्यहरुको पूर्ण साथ र सहयोग रहेको भन्दै ढुक्क भएर मादी गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्दै अघि बढन गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङलाई उहाँले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद गायत्री गुरुङ (कुशुम) ले सत्तामा रहदा खेरी चाखन पाउने स्वाद सत्ता बाहिर रहदा चाखन नपाउने हुनाले सघ, प्रदेश र स्थानिय तहमा जनप्रतिनिधिले गरेको काममा प्रतिपक्षले अवरोध सृजना गरेको बताउनुभयो ।
मादी गाउँपालिका भौगोलिक रुपमा जति विकट छ त्यति नै अवसरहरुले पनि भरिपूर्ण रहेको भन्दै अब मादीको बासिन्दाले यहि गाउँपालिका भित्र अवसर खोज्नुपर्ने उहाँको भनाई छ ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री, याङजाकोट तमू समाज पोखराका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26