ताजा खबर

याङ्जाकोट तमू समाजको ३५औं वार्षिक साधारण सभा सम्पन्न

   १० आश्विन २०७७, शनिबार २०:०७      1,078 views

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोटबाट पोखरा आई बसोबास गर्ने सदस्यहरुको साझा संस्था ‘याङजाकोट तमू समाज पोखरा’को ३५औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाको एक कार्यक्रमका बीच समाजसेवी मेजर लोकबहादुर गुरुङले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।


सो अवसरमा बोल्नुहुँदै उहाँले याङजाकोट तमू समाजले स्थापनाकालदेखि नै सामाजिक काममा आफूलाई अग्रसर बनाउँदै आएको भन्दै अझै पनि समाजको एकतामा जोड दिनुभयो ।


कार्यक्रममा सचिवको प्रतिवेदन प्रस्तुत गर्दै समाजका सचिव क्या.घनबहादुर गुरुङले यसवर्ष कोरोना महामारीले गर्दा समाजले अत्यवाश्यक भन्दा अरु गतिविधि गर्न नसकेको भन्दै अब अवस्था सामान्य हुने बित्तिकै समाजले आफनो नियमित कामहरु सबै सूचारु गर्ने बताउनुभयो ।

यद्यपी महामारीका बाबजुद पनि समाजले तमू धीं नेपालसँगको सहकार्यमा मुख्यन्त्री राहतकोषमा आर्थिक सहयोग गरेको, समाजमा कार्यालय प्रयोजनको निम्ती चारकोठे भवन निर्माण कार्य सम्पन्न गरेको, करिब चार जना विभिन्न प्रकृतिका बिरामीहरु जो समाजसँग आबद्ध छन उनीहरुलाई अािर्थक सहयोग गरेको र समाजका विभिन्न सदस्यहरुको विभिन्न समयमा भएको मृत्युमा समाजको तर्फबाट मृत्यु संस्कार र अर्घौ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निवार्ह गरेको लगायतको कामहरु भएको बताउनुभयो ।


यस्तै कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समाजका कोषाध्यक्ष सु.जीतबहादुर गुरुङले यसवर्ष समाजले आफना ८ जना सदस्यहरुको विभिन्न समयमा भएको मृत्यु संस्कारमा ५९ हजार ७ सय ५५ रुपैंया खर्च गरेको, कार्यालय सञ्चालनमा करिब ८२ हजार खर्च गरेको, करिब ६८ हजार बराबरको विभिन्न सामग्री खरिद गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यस्तै समाजले यसवर्षमात्रै करिब १६ जना सदस्यहरुलाई परम आदरणीय सदस्य, आदरणीय र संरक्षक सदस्यता प्रदान गरेको छ जसबाट समाजले करिब ३२ लाख ८३ हजार आम्दानी गरेको प्रतिवदेनमा उल्लेख छ ।


यसरी समाजले वर्षभरिमा गतवर्षको मौज्दात समेत गरि ५६ लाख ६० हजार आम्दानी गरेको छ भने ८ लाख २ हजार खर्च गरेको जनाएको छ । प्रस्तुत दुवै प्रतिवेदनलाई साधारणसभाको बहुमतले पारित गरेको छ ।


समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको सञ्चालन सचिव क्या.घनबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष जेमप्रसाद गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284