ताजा खबर

यिनै हुन् पोखराकी लक्ष्मीका हत्यारा ! जंगलमा लगे, मुखमा सलले बाँधे र घाँटी रेटी रेटी हत्या गरे

   १ श्रावण २०७६, बुधबार १९:५९      1,190 views

पोखरा । श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा पक्राउ परेकालाई कास्की प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय रमेश नेपाली सहित अन्य सहयोगीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

प्रहरीले हत्या गर्ने व्यक्ति व्यवस्था गरेको भन्दै भोजपुर नगरपालिका ५ बैंकरोड घर भर्य पोखरा महेन्द्रपुलमा बस्ने ३२ बर्षिय संजय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका ३ तिनघरिया घर भई पोखरा ८ पृथ्वीचोकका २६ बर्षिया चित रञ्जन कुमार शाह र अपराधिक षडयन्त्रमा सामेल रहेको भन्दै गोरखा गण्डकी गाउँपालिका ७ ध्यालचोककी १९ बर्षिया अनु परियारलाई पक्राउ गरी सार्वजीनक गरेको छ ।

हत्यामा संलग्न दुई भारतीयहरु भने फरार छन् । उनीहरुलाई ९ लाख रुपैया दिएर हत्या गर्न लगाएको प्रहरीको भनाई छ । ५ लाख दिइ सकेको र ४ लाख दिन बाँकी रहेको अनुसन्धानबा देखीको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284