
यूएईविरुद्धको दाेस्राे एक दिवसीय: नेपाल १ सय ४५ रनले विजयी, बने थुप्रै रेकर्ड
युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकालेको छ ।
सोमपाल कामी र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको सहयोगमा नेपालले २४२ रनको विशाल लक्ष्य रक्षा गर्न सफल भयो । सोमपाल कामीले ५ विकेट लिए भने सन्दिपले चार विकेट लिएका थिए । यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला १-१ को बराबरीमा ल्याएको छ ।

टस जितेर ब्याटिङ गर्दा नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । यो योगफल नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो एक दिवसीय योगफल हो । आज नेपालले एक दिवसीयमा सबैभन्दा धेरै रनको साझेदारी गर्यो ।
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । ज्ञानेन्द्रले ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् ।

पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे । त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप एक दिवसीय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो ।
त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए । उनी भारतका सचिन तेन्दुलकार र पाकिस्तानका शाहिद अफ्रिदिकाे रेकर्ड ताेड्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीसमेत बने ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26