
रसाईली दम्पतीद्धारा ५५ बिपन्न घर परिवारलाई खाद्यन्न सहयोग
पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आदर्श टोल बस्ने एक दम्पतीले ५५ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

कोभिड—१९ को नियन्त्रणका लागि लकडाउन गरिएपछि समस्यामा परेका विपन्न परिवारलाई प्रताप रसाईली र रुपा रसाईले आइतबार विहान वडा नं. २७ का वडा सदस्य प्रेम बराल, बुद्धिमाया रिजाल र सरस्वती नेपाली सरुको रोहबरमा वडाका विभिन्न टोलका ५५ घरपरिवारलाई खाद्यान्न राहत बितरण गरेका हुन ।
सरसाईलीले १३ केजी चामल, एक केजी दाल, आधा लिटर तेल र सरसफाइका लागि सावुन बितरण गरेका हुन । लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई राहत पुगोस भनेर खाद्यान्न सहयोग गरेको रसाईली दम्पत्तीले बताए । उनीहरुले आÇनो घर नजिकै खुल्ला स्थामा भौतिक दुरी कायम गरी राहत बिरतण गरेको वडा सदस्य प्रेम बरालले जानकारी दिए ।

अमेरिकामा काम गर्दै आएका रसाईली लकडाउनका कारण घरमै रोकिएपछि वडासँगको समन्वयमा सहयोगका लागि जुटेका थिए । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने नेपालीको संस्कृती रहेको उल्लेख गर्दै, वडा सदस्य बरालले रसाईलीले पनि दुःखमा साथ दिएको उल्लेख गरे ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25