ताजा खबर

राजेश गुरुङको अध्यक्षतामा गुरुङ (तमू) समाज मकाउको नयाँ कार्य समिति चयन

   २९ भाद्र २०७७, सोमबार १२:३०      1,513 views

गुरुङ (तमू) समाज मकाउको दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सव सम्पन्न भएको छ ।
हिमालयन हाउस रेष्टुरेन्ट मकाउमा भएको अधिवेशन समाजका जेष्ठ सदस्य धनबहादुर गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

अधिवेशनको एक समारोहका बीच प्रमुख अतिथि धनबहादुर गुरुङ, पुर्व राष्ट्रिय बक्सिङ खेलाडी चित्रबहादुर गुरुङ र समाजका कार्यवाहक अध्यक्ष पुर्णबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रममा सदस्य लिलबहादुर गुरुङ (गोरा) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाजका संरक्षकद्धय त्रिलोक गुरुङ र दिलिप गुरुङले शुभकामना सन्देश पठाउनु भएको थियो ।
लकडाउनका कारण मकाउ फर्किन ढिलो भएपछि समाजका वर्तमान अध्यक्ष रामेन्द्र गुरुङले पनि नेपालबाटै आफनो शुभकामना सन्देश पठाउनु भएको थियो ।


अधिवेशनमा समाजको आर्थिक तथा प्रगति प्रतिवेदन सचिव राजेश गुरुङले प्रस्तुत गर्नुभएको थियो । भने अधिवेशनको बन्दसत्र उक्त प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।


यसैबीच समाजको दोस्रो अधिवेशनले राजेश गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा लिलबहादुर गुरुङ (गोरा), उपाध्यक्षमा टंकप्रसाद गुरुङ, सचिवमा भीमबहादुर गुरुङ, सह–सचिवमा मुक्तिप्रसाद गुरुङ र सह–कोषाध्यक्षमा मनकुमारी गुरुङलाई चयन गरेको छ ।

अध्यक्ष राजेश गुरुङ

यस्तै सदस्यहरुमा टोपबहादुर गुरुङ, धनबहादुर गुरुङ, नैनाकला गुरुङ, धनबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, रवि गुरुङ, अमित गुरुङ, प्रमोद गुरुङ, रुद्रमान घले, विनोद गुरुङ, शेरबहादुर गुरुङ, डम्मरबहादुर घले र टिकप्रसाद गुरुङ, कमल गुरुङ, फौदाबहादुर गुरुङ, होमबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, आशोककुमार गुरुङ, महेन्द्र गुरुङ, दीपक गुरुङ, अमृत गुरुङ, मिनबहादुर गुरुङ, विनोद गुरुङ, रमेश गुरुङलाई चयन गरेको छ ।

यसैगरि समाजले अधिवेशनको अवसर पारेर शंकर गुरुङ, राजकुमार गुरुङ, सामुल गुरुङ, अमित गुरुङ र दिपेश गुरुङलाई विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284