ताजा खबर

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग हस्तान्तरण

   २ असार २०७६, सोमबार १९:५८      1,213 views

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


बेलायतबाट आउनु भएका रामबजार निवासी राजकाजी गुरुङको हातबाट जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्नुको साथै संस्थालाई ७ हजार ८ सय बराबरको ग्याँस चुलो र सिलिण्डर सहयोग हस्तान्तण गर्नुभएको थियो ।

सोही अवसरमा हङकङबाट आउनु भएका प्रविन्द्र गुरुङले ११ हजार ८ सय बराबरको हजार लिटर क्षमताको पानी ट्यांकी, रामबजारमा रहेको एलकेजी रेष्टुरेण्टका प्रोप्राइटर काजी गुरुङबाट स्व.आमा लक्ष्मीकुमारी गुरुङको स्मृतिमा ५ जार मिनरल वाटर, एकथान डिस्पेन्सर र एक बर्षको लागि चाहिने पानीको जिम्मा लिनुभएको थियो ।


सोही अवसरमा बद्रीनारायण राजभण्डारीबाट ५ हजार प्रदान गर्नुको साथै वडा नं. १० बाट निःशुल्क बिमा पनि संस्थाको उपाध्यक्ष माया भुजेलको पहलमा सम्पन्न गरिएको थियो । संस्थाका अध्यक्ष थमन थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष भुपेन्द्र कुँवरले दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284