ताजा खबर

रामबजार सोसाईटी युकेले दसौं वार्षिकोत्सव मनायो

   २४ असार २०७६, मंगलवार १०:०२      1,893 views

लण्डन । रामबजार सोसाईटी युकेले आफ्नो स्थापनाको दसौं वार्षिकोत्सव मनाएको छ । गत शनिबार ६ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनरका साथ वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा संस्थापक रामबहादुर गुरुङ, प्रमुख सल्लाहकार क्या.रि. चन्द्र बहादुर पुन, सल्लाहकार एवं पूर्व पअ्र महेश गुरुङ (गोदवा) लगायत संस्थापकहरुले आजीवन सदस्य लगायतलाई सोसाईटीको स्थापनाकालदेखि संस्थालाई दिंदै आएको अतुलनीय योगदानलाई कदर गर्दै बिशेष सम्मान गरिएको थियो । त्यस्तै, हालै विभिन्न बिषयमा उच्च शिक्षा हाँसिल गरेका विद्यार्थीहरुलाई हौसला स्वरुप सम्मान गरिएको थियो ।

साथै, ब्रिटिश आर्मीमा भर्ति भएकी सोसाईटीकी पूजा गुरुङ, हालै बैबाहिक बन्धनमा बाँधिएकी जोडी तथा उनीहरुको आमाबुबा र फोटोपत्रकार मिलन तमूलाई बधाई तथा सम्मान गरिएको थियो । सोसाईटीले दस वर्ष पूरा गरेको अवसरमा पक्राशित स्मारिका विमोचन गरिएको थियो । उक्त स्मारिकामा समाजले गरेका विभिन्न कार्यहरु उल्लेख गरिएको छ । कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक कुलेन्द ्रबिक र गायिका सुनितामी परियारले विभिन्न चर्चित गीतहरु गाएर मनोरञ्जन पद्रान गराएका थिए । त्यस्तै, सोसाईटीका गोपाल गुरुङ (ढासा) तथा बिना गुरुङले आर्कषक नत्ृय र श्री गुरुङले

गीत समेत पस््रतुत ्गरेका थिए । एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, एनआरएनए युकेका पम्रुख संरक्षक मेजर डमर घले एबिई, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, पूर्व पअ्र एकेन्द ्रगुरुङलगायतको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा रामबजार सोसाईटी युकेका अध्यक्ष जुमकाजी गुरुङले सोसाईटीले गर्दै आएको विभिन्न कार्यहरु बारे जानकारी दिंदै संस्थाको स्थापना कालदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका सबैलाई धन्यवाद दिए । सोसाईटी युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव पहल मान गुरुङले संचालन गरेका थिए । (एभरेष्ट टाइम्स साप्ताहिकबाट) तस्विर मिलन तमू

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284