ताजा खबर

रेडक्रस पोखरा १७ उपशाखामा रेग्मी

   २२ पुष २०७५, आईतवार ०७:०१      2,447 views

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा महानगरपालिका वडा नं. १७ उपशाखाको सभापतिमा झपिन्द्रराज रेग्मी सर्वसम्मत चयन भएका छन् । उपशाखाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रेग्मीको नेतृत्वमा उपशाखाको दश सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


जसको उपसभापतिमा हरिप्रसाद श्रेष्ठ, सचिव हरिप्रसाद लम्साल, उपसचिव दुर्गाबहादुर बराल, कोषाध्यक्ष बिजयकुमार शाही र उपकोषाध्यक्ष लक्ष्मी अधिकारी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा शिवराम भण्डारी, रबिन्द्रकुमार श्रेष्ठ, नारायणप्रसाद अधिकारी, दिपेन्द्र बराल छन् । एक सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ । निवर्तमान सभापति, वडाका जनप्रतिनिधि एक जना र जिल्ला कार्यसमितिका एकजना सदस्य पदेन सदस्य रहने व्यवस्था छ ।


उक्तअवसरमा उपशाखाको नवनिर्मित भवनको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले शनिबार उद्घाटन गरेका छन् । भवनको साथै उपशाखाको १४ औं बार्षिक साधारणसभा तथा ७ औं अधिबेशनको पनि उद्घाटन गर्दै मेयर जिसीले मानवीय सेवाका कार्य गर्ने संस्थाको आफ्नै भवन हुनु राम्रो रहेको उल्लेख गरे । उपशाखाले २०६६ सालमा ६ आना दुई पैसा दुई दामको क्षेत्रफल भएको जग्गा केन्द्रीय कार्यलयबाट भवन निर्माणको लागि स्वीकृती पाएको र २०६७ सालमा शिलान्यास भएको अध्यक्ष तिर्थराज अधिकारीले बताए ।


उपशाखामा हालसम्म एशस्कर सदस्य ३९ जना, विशिष्ट सदस्य १०४ जना, आजीवन सदस्य २३९ साधारण सदस्य १७ जना रहेको अधिकारीले जानकारी दिए । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति डोलराज पाण्डे, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश संयोजक सूर्यप्रसाद ढकाल, पोखरा–३१ उपशाखाका सभापति रुद्रनाथ अधिकारी, गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भूपति ढकाल ‘कमल’, छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष चुडमणी वराल, रेडक्रसकर्मी डिल्लीराम बराल, पोखरा–१७ (नेकपा) का अध्यक्ष सुवास ढुंगाना, नेपाली काँग्रेस पोखरा–१७ का सभापति देवराज आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284