ताजा खबर

लक्ष्मी आर्दश टोल विकास संस्थाको सातौं साधारण सभा सम्पन्न

   ३२ श्रावण २०७६, शनिबार २०:१२      1,407 views

लक्ष्मी आर्दश टोल विकास संस्थाको सातौं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दिपक कोईरालाले राज्यको विकास हुनु भनेको प्रत्येक टोलको पनि विकास हुनु भएको वताउँदै सांसद कोईरालाले राज्यको विकासमा टोलविकास संस्थाहरुले खेलेको भुमिकाको प्रशंसा गरे ।

यस्तै पोखरा महानगरपालिका वडा नंं २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले टोलविकास संस्थाको लागि वडाको तर्फबाट खेल्नुपर्ने भुमिकाको लागि आफु संधैं तत्पर रहेको वताउँदै टोलविकासका हरेक कार्यहरुमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा समाजवादी पार्टिका नन्द ब. गुरुङ, सामाजिक विकास शाखाकी ईन्दिरा न्यौपाने, लक्ष्मी आर्दश माविका प्रधानाध्यापक रविन्द्रनाथ भटृराई, नेकपा वडा नं.–२७ का अध्यक्ष सुर्यमणी लामिछाने लगायतले बोलेका थिए भने सामाजीक दायित्व कोेषका संयोजक कृष्ण प्रसाद देवकोटाले सहेलापाखास्थित श्रीकृष्ण प्रणामी वृद्ध तथा बालआश्रमको सहयोगका लागि आश्रमका अध्यक्ष दुर्गा गौतमलाई नगद ५ हजार बराबरको चेक हस्तान्तरण गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विधामा विभिन्न व्यत्तित्वहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरीकहरु तर्फ ९० वर्षिया विष्णु जिसि, एसईई परिक्षामा संस्थाका शेयर सदस्यहरुको छोराछोरीहरुमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विजय सापकोटा र स्विकृति लामिछाने, संस्थाका कर्मचारी दिनेश पौडेल, सामाजिक विकास शाखाकी ईन्दिरा न्यौपाने, संस्थाका निर्वतमान अध्यक्ष शंकर प्रसाद अधिकारी, रेडियो लेखनाथका समाचार प्रमुख एवं लेखनाथखबर डटकमका प्रधान सम्पादक सुमन जिसि रहेका छन ।

कार्यक्रममा कोषाध्यक्ष सिता पराजुलिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने अध्यक्ष राजु अधिकारीले संस्थाको विगत र भावी योजनाहरुको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष राजु अधिकारी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लक्ष्मी प्रसाद पराजुलीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष विमला पहारी पौडेलले गरेकी थिईन ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284