ताजा खबर

लमजुङको क्व्होलासोंथर गाउँपालिका ७ का २ सय घर परिवारलाई राहत वितरण

   ८ असार २०७७, सोमबार २०:१६      1,234 views

लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ७ का २ सय बढी घरपरिवारलाई देश विदेशमा रहेका स्थानीयले सहयोग गरेका छन् ।

वडा नम्बर ७ घर भई विभिन्न देशमा रहेका दाजुभाई तथा दिदीबहिनीको सहयोग मार्फत वडाका २ सय २ विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो ।


स्थानिय प्रेम गुरुङका अनुसार वडाका भोजें, कुमलुङ, उपल्लो चरागाउँ, तल्लो चरागाउँ, चिम्रो, कुम्लुङबेंसी लगायतको दैनिक ज्यालादारी तथा मजदुरी गरेर बस्ने विपन्न परिवारलाई राहत दिइएको हो । उनीहरुलाई परिवार संख्याको आधारमा १ देखि ३ बोरासम्म चामल, प्रत्येक घरलाई ५०० का दरले रकम समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणका कारण लकडाउन भएपछि विपन्न परिवारलाई खाद्यान्न समस्या भएको भन्दै विदेशमा सहयोग संकलन गरिएको बताएका छन् । युएईमा रहनुभएका बाबुराम सापकोटा र बहराइनमा रहेका चन्द्र गुरुङको नेतृत्वमा संकलन गरिएको रकमबाट खरिद गरिएको राहत वडा नम्बर ७ का अध्यक्ष डिलकुमारी गुरुङको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

राहत वितरण समितिका संयोजक एवं कुमलुङ–रोम्लेदेवी तमु समाज पोखराका अध्यक्ष एकबहादुर गुरुङका अनुसार विदेशमा रहेकाहरुबाट करिव ८ लाख संकलन गरिएकोमा वडा नम्बर ७ मात्रै करिव ६ लाख बराबरको राहत वितरण गरिएको जनाएको छ ।

अन्य रकमबाट पोखरा बसोबास गर्ने विपन्न वडाबासीलाई प्रदान गरिने उहाँले बताउनुभयो । राहत वितरण समितिमा सहसंयोजकहरु भोजे समाज पोखराका कोषाध्यक्ष सुबेदार हर्कबहादुर गुरुङ, सातकन्या देवी तमु समाज पोखराका अध्यक्ष गमप्रसाद गुरुङ, मातृभुमि तमु समाज पोखराका अध्यक्ष हरिकाशी गुरुङलगायतले राहत वितरण गर्नुभएको थियो ।

वडाध्यक्ष डिलकुमारी गुरुङले विदेशमा रहेर पनि गाउँसमाजको नागरिकका लागि सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गर्नुभयो । कोरोनाको महामारीको समयमा दैनिक छाक टार्न समस्या भएका नागरिकलाई सहयोग गर्नु राम्रो काम रहेको बताउनुभयो । सहयोग संकलन अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाजुभाई दिदिबहिनिलाई हङकङमा रहनु भएका सुरेश गुरुङ्ले बिशेष धन्यवाद प्रदान गर्नुभयो ।

साथै यस अभियानमा बिशेष सहयोगी भुमिका खेल्नुहुने गम्भिरजङ गुरुङ, मदन गुरुङ, प्रेम गुरुङ, सुबेदार डिलबहादुर गुरुङ, चन्द्रकाशी गुरुङ, कुशबहादुर गुरुङ, गजेन्द्र गुरुङ, सुबेदार नौबहादुर गुरुङ, कुलप्रसाद गुरुङ, गंगालाल गुरुङ, चित्र गुरुङ, लक्षमण गुरुङलगायत सम्पुर्णमा वडाअध्यक्ष डिलकुमारी गुरुङले धन्यबाद प्रदान गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284