ताजा खबर

लमजुङमा क्होइबो बनाउन पोखरामा सञ्चालन भएको साँस्कृतिक अभियान २८ लाख संकलन

   १२ श्रावण २०७६, आईतवार ११:३९      1,858 views

तमू प्ये ल्हु संघ लमजुङको आयोजनामा विगत एक सातादेखि पोखराका विभिन्न स्थानमा जारी रहेको साँस्कृतिक कार्यक्रम समापन भएको छ ।

तमू प्ये ल्हु संघ लमजुङले सामुदायिक भवन तथा क्होइबो निर्माणको सहयोगार्थ सञ्चालन गरेको साँस्कृतिक कार्यक्रम एक सातासम्म लमजुङबाट पोखरा आई बसोबास गरेका तमूहरुले खडा गरेको विभिन्न तमू समाजहरुमा प्रस्तुत गरिएको थियो ।


तमू प्ये ल्हु संघ केन्द्रिय कार्यालय शक्तिघाट पोखरामा आयोजित समापन कार्यक्रममा मात्रै एकैदिनमा ११ लाख रकम संङकलन भएको छ । यसअघि विभिन्न समाजमा आयोजित कार्यक्रमबाट १७ लाख रुपैया संकलन भएको थियो ।

तमू प्ये ल्हु संघको केन्द्रिय समिति, आमा समिति, कास्की जिल्ला समिति तथा युवा समिति एवम् संघमा आबद्ध विभिन्न समाज तथा व्यक्तिगत सहयोग समेत गरि सो रकम संकलन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको संविधानले नागरिकलाई धेरै हकअधिकार दिएको भन्दै अब त्यो हक खोज्ने र सदुपयोग गर्ने जिम्मा नागरिकको रहेको बताउनुभयो । केहि प्रविधिक कारणले गर्दा आफूले गण्डकी प्रदेशलाई तमूवान नामाकरण गर्न नसकेता पनि गण्डकी भूमि पनि तमूहरुकै अस्तित्वसँग जोडिएको भन्दै सबैले यसलाई बुझिदिन आग्रह समेत गर्नुभयो ।

संसारको थुप्रै आदिवासी मध्ये नेपालको आदिवासीहरुले थोरै लडाई लडेर धेरै अधिकार पाएको भन्दै पाएको अधिकारलाई सदुपयोग गर्नु उहाँले सबैलाई आग्रह गर्नुभयो । लमजुङको क्होइबो निर्माणको लागि प्रदेश सरकारले गतवर्ष २० लाख रुपैया छुटयाएको र यसवर्ष पनि यसलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।


तमू प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या.निलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनमाया गुरुङले गर्नुभएको थियो । कार्यक्रममा तमू प्ये ल्हु संघ लमजुङका कलाकारहरुले बेजोड साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284