
लामडाडामा नयाँ वर्ष मेला सम्पन्न, भलिबलको उपाधि जुरे भूमि युवा क्लब तप्राङलाई
देबी जंग तमू
पोखरा २० स्थित जन उत्थान युवा क्लव लामडाडाको ३२औ वार्षिकोत्सब तथा नयाँ वर्ष लामडाडा मेला बुधवार समापन भएको छ ।

गत बैशाख १ बाट संचालित मेलामा भएको गाउँस्तरिय भलिबल प्रतियोगिताको उपाधि जुरेभुमि युवा क्लव तप्राङले जितेको छ । बिजेता तप्राङले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र पाएको छ भने उपबिजेता चण्डी युवा क्लव सावेतले मेडल, प्रमाणपत्र, ट्रफि र नगद ३५ हजारमा चित्ता वुझाउनुपर्यो । यस्तै जनसेवा युवा क्लव थाकले तृतिय भई नगद १० हजार र प्रमाणपत्र पाएको छ ।
१५ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा चन्डी युवा क्लव सावेत अनुशासित टिम, सावेतका खेलाडी मनोज गुरुङ सर्वोकृष्ट खेलाडी र बेष्ट लिब्रोमा जुरे भुमियुवा क्लव तप्राङका प्रकाश छिनाल घोषित भएका छन ।
मेलामा लामडाडाका बिबाहित चेलिवेटिहरुबीच आयोजित कुर्चि घुमाई खेल प्रतियोगितामा प्रथम माया गुरुङ र द्धितिय भक्ति गुरुङ भई दुबै जनाले ट्रफि र मायाको चिनो प्राप्त गरेका छन् ।
यसैगरि पहलमान दाजुभाइहरुलाई लक्षित गरि आयोजित छेलो प्रतियोगितामा मादी ३ का लिल बहादुर परियार प्रथम भएका छन् । बिजेता परियारलाई क्लवको तर्फवाट फुलमाला, अबिर लगाई नगद ५ हजार प्रदान गरिएको थियो ।

पर्यटकिय दृष्टिले अत्यन्त सम्भावना बोकेको लामडाडा गाउँको प्रचारप्रसार, युवाहरुबीच खेलकुद मार्फत मैत्रीपूर्ण भावनाको बिकास गराउने उद्देश्यले मेला आयोजना गरिएको क्लबका सचिव भिम गुरुङले जानकारी दिनुभयो ।
मेलावाट हुने आम्दानीले क्लवको आफ्नै भवन, भलिबल तथा वास्केटबल खेल मैदान निर्माण, अनाथ, असहाय तथा बाल अधिकारका क्षेत्रमा संरक्षण मुलक कार्यक्रम संचालन र महिला उत्थान तथा सीपमुलक जनजागरण कार्यक्रम संचालन गरिने उद्देश्य राखिएको क्लबले जनाएको छ ।
“सँगसँंगै हामी गर्न सकिन्छ” भन्ने मुल नाराका साथ भएको मेलामा संगीत स्टार सिजन १ का बिजेता दिपेश गुरुङको प्रस्तुति, निश्चल डान्स एकेडेमीको साँस्कृतिक कार्यक्रमहरुका साथै स्थानीयबाट बिबिध सांस्कृतिक कार्यक्रमहरु भएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26