ताजा खबर

ला ग्रान्डी कलेजका विद्यार्थीद्धारा कोरोना भाइरस रोकथामको लागि सचेतना कार्यक्रम

   ८ चैत्र २०७६, शनिबार १९:३१      1,231 views

ला ग्रान्डी इन्टरनेशनल कलेजका विद्यार्थीद्धारा आज पोखरामा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ८ मा अवस्थित ला ग्रान्डी इन्टरनेशनल कलेजले आज विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९) को संक्रमण र यसको रोकथाम बारे पोखरा महानगरपालिका अन्तरगतका विभिन्न प्रमुख ८ स्थानहरुमा कोरोना भाइरस सम्बन्धि सचेतनायुक्त व्यानर टाँस तथा पर्चा वितरण गरेको हो ।


सो कार्यक्रम नेपाल सरकारको निर्देशन र स्वयमको पनि सुरक्षालाई मध्यनजर गर्दै ८ समूहमा विभाजन समुहको गरि सञ्चालन गरिएको थियो । जनस्वास्थ्यका विद्यार्थी, शिक्षकहरुको सहभगिताको रहेको उक्त कार्यक्रमा ३ हजार भन्दा बढीलाई सचेतना सहितको पमप्ले बाढिएको छ ।


आईडया फर ला ग्राण्डी र ला ग्राण्डी ईन्टरनेसनल कलेजको सहकार्यमा सो सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कलेजका प्रचार्य ई.किरण केसीले कलेजका जनस्वास्थ्यका विद्यार्थीहरुले स्वयं आफ्नो समुदायप्रति उत्तरदायी हँुदै सचेतना कार्यक्रममा लागेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।


यसैगरी आईडिया फर ला ग्राण्डीका अध्यक्ष प्रविणा ठकुरीले आफ्नो विज्ञता अनुसार समाजलाई योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो भने कार्यक्रमका संयोजक सागरजंग कँुवरले सबैलाई सचेत रहन आग्रह गर्दै सचेतना कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

सचेतना कार्यक्रम विभिन्न समुह गरी रत्नचोक, सृजनाचोक, विरौटा, हरिचोक, बाग्लुङ बसपर्क, पृथ्वीचोक र पोखराको विभिन्न स्थानमा सञ्चालन गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284