
लेखनाथ महोत्सवको समापन आज हालसम्म ३ लाख ४० हजार दर्शकले मेला अवलोकन ग¥यो
कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सव आज समापन हुँदैछ । १२ दिनसम्म चलेको महोत्सवको समापन आज पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले गर्ने कार्यक्रम रहेको लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा समापन अघि नै लक्ष्य प्राप्ति गरेको आयोजकको दावी रहेको छ । महोत्सव समापन हुन एक दिन अगाडी नै आयोजकले सुरुमा राखेको लक्ष्य प्राप्त भएको आईतवार सम्मको आर्थीक कारोवारले प्रष्ट पारेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताएका छन् ।

सुरुमा हामीले महोत्सव अवधिभर तीन लाख दर्शक र १५ करोड बरावरको र्र्आिर्थक कारोवार हुने अनुमान गरेका थियौ तर त्यो अनुमान समापन पुर्ब नै पुगेकाले विगतका महोत्सव भन्दा पनि यस बर्षको महोत्सवले नयाँ कृतिमान राख्न सफल भएको उनको भनाई रहेको छ ।
महोत्सवको ११औं दिन पनि गण्डकी प्रदेशमा सार्वजनिक विदा परेकोले आईतवार करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म तीन लाख ४० हजार दर्शकले मेलाको अवलोकन गरिसकेका प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।
महोत्सवका पछिल्ला दिनहरुमा दर्शकको चाप सगसगै आर्थिक कारोवारमा पनि बृद्धि भई आईतबार मात्र दुई करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव सत्र करोड वरावरको कारोवर भईसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08